Samriddhipost
२०८३ भदौ ०२ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ ०१ गते सोमबार

पश्चिम सेती परियोजना अघि बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत परियोजना निर्माण अघि बढाउन प्रदेश सरकारले आवश्यक सबै किसिमको सहयोग गर्ने बताउनुभएको छ।
भारतीय जलविद्युत कम्पनी NHPC का वरिष्ठ अधिकारी सुरेश मीनासँग भएको छलफलका क्रममा मुख्यमन्त्री भट्टले पश्चिम सेती परियोजना जुनसुकै अवस्थामा पनि निर्माण  हुनुपर्ने बताउनुभयो। उहाँले परियोजना सञ्चालनमा आए सुदूरपश्चिम प्रदेश मात्र नभई समग्र मुलुकको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।
छलफलका क्रममा NHPC का वरिष्ठ अधिकारी सुरेश मीनाले परियोजनाको पछिल्लो प्रगतिको अवस्थाबारे मुख्यमन्त्री भट्टलाई जानकारी गराउनुभएको थियो। उहाँका अनुसार परियोजनाको डीपीआर पेश भइसकेको छ भने बाँकी काम अघि बढाउन NHPC तयार रहेको छ।
मीनाले परियोजना निर्माणका क्रममा आवश्यक पर्ने सहयोग र सहजीकरणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग अपेक्षा रहेको बताउनुभयो।
जवाफमा मुख्यमन्त्री भट्टले पश्चिम सेती परियोजना अघि बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संघीय सरकारसँग गर्नुपर्ने समन्वय तथा सहजीकरणमा समेत प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभयो।
लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती परियोजना निर्माणले गति लिए यस क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>