Samriddhipost
२०८३ भदौ ०२ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ ०२ गते मङ्गलबार

उपसभामुखले दिन पत्रकार विरुद्ध उजुरी
तस्बिर एआई सिर्जित

प्रतिनिधि सभाका उपसभामुख रूबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। उनले सोमबार ललितपुर जिल्ला प्रहरी परिसरमा जाहेरी दिएकी हुन्।
ललितपुर प्रहरी परिसरका प्रमुख एवं एसएसपी तुलबहादुर कार्कीका अनुसार यो विषय साइबर अपराधसँग सम्बन्धित छ। उनले नागरिकसँग भने, ‘साइबरमार्फत मानमर्दन भयो भन्ने खालको जाहेरी आएको छ र यो अहिले प्रक्रियामा छ।’
यसअघि सोमबार मात्रै सर्वोच्च अदालतको परमादेशपछि हाजिर जमानीमा रिहा भएका श्रेष्ठले भने आफूलाई योजनाबद्ध रूपमा फसाइएको दाबी गरेका थिए। उनले दबाइएका प्रतिवेदन र सत्ताका गल्तीहरू उजागर गर्दै आएका कारण निशानामा परेको बताएका थिए। त्यसैको बदला लिन राज्यले फेसबुकमा आफैं पोस्ट भएको तस्बिरको सामान्य विषयलाई उचालेर ममाथि हुकुमी शैलीमा दमन गरेको उनको भनाइ थियो।
श्रेष्ठले प्रहरीले कार्यालयमा छापा मारेर विद्युतीय उपकरण नियन्त्रणमा लिनुको उद्देश्य आफ्नो समाचारको गोप्य स्रोत पत्ता लगाउने षड्यन्त्र भएको आरोप लगाए। समाचारमा चित्त नबुझे खण्डन छाप्ने वा प्रेस काउन्सिल जाने कानुनी बाटो छल्दै हठात् छापा मार्नुले राज्यको बदनियत पुष्टि हुने उनको तर्क छ।
पाँच दिनको हिरासतमा आफूलाई लागुऔषध कारोबारीहरूसँग राखेर मानसिक दबाब दिएको सुनाउँदै श्रेष्ठले यस्ता हतकन्डासामु नझुकी मृत्युपर्यन्त खोजी पत्रकारिता र नागरिकको सूचनाको अधिकारका लागि लडिरहने दृढता व्यक्त गरेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>