Samriddhipost
२०८३ भदौ ०२ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ ०२ गते मङ्गलबार

मकवानपुरमा जीप दुर्घटना परी गम्भीर घाइते भएकालाई उपचारका निम्ति काठमाडौं ल्याइएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा ल्याइएको हो ।
मंगलबार (भदौ २) बिहान करिब ७ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको जीप दुर्घटना भएको थियो । उक्त जीपमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगीलगायत ६ जना सवार थिए ।

उनीहरूमध्ये चारजनालाई उपचारका निम्ति हेलिकोप्टरमार्फत छाउनी ल्याइएको सेनाले जनाएको छ ।
दुर्घटनामा परी मुख्य न्यायाधीश डाँगीसहित जीपका चालक दाङको राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएका छन् ।
सोही अदालतका रजिस्ट्रार बैतडीको दशरथचन्द नगरपालिका–७, सुर्काल का ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी, छोरा २५ वर्षीय रितेन्द्र र छोरी ३१ वर्षीया रीता बडु पनि घाइते भएका प्रहरीले जनाएको छ ।

छाउनी ल्याइएकामा मुख्य न्यायाधीश डाँगी र बडु परिवारका तीनजना छन् । रजिस्ट्रार बडु र चालक चौधरीलाई भने उपचारका निम्ति हेटौँडा अस्पताल पठाइएको छ ।
काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको उक्त जीप सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>