टाटा कम्पनीबाट उत्पादित सवारी साधनका सवारीचालकलाई सिप्रदी सहायता संस्था र सी प्रदिप ट्रेडिङ प्राली ले सवारी चालकलाई प्राविधिक प्रशिक्षण दिएको हो।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रम बीच यसरी प्रशिक्षण गरिएको हो। सवारी साधनहरू बिएस6 मोडलमा बजारमा आइसकेको सडकमा चलिरहेको अवस्थामा चालकहरूलाई यसका बारेमा पूर्ण जानकारीहरू नरहेको अवस्थामा चालकहरूलाई सञ्चालन, मर्मत, दैनिक प्रयोग र पार्किङमा राखुन्जेलसम्म आवश्यक पर्ने विभिन्न विषयवस्तुहरूका बारेमा प्रशिक्षण गरिएको सीपर्दीले जनाएको छ।
यो तालिम प्राप्त भएपछि चालकहरू ले सहजता महसुस गरेको बताएका छन्। उनीहरूले यो नयाँ मोडेलका बारेमा आफूलाई कम मात्र जानकारी रहेको र यसरी जानकारी पाएपछि थप सहजता भएको बताएका छन्।
ट्रेडिङले टाटा कम्पनीबाट उत्पादित साना सवारी साधनदेखि ठूला मेसिनरीसम्म बिक्री वितरण गर्दै आइरहेको छ। नेपाली बजारमा टाटा कम्पनीबाट उत्पादित सवारी साधनको बजार हिस्सा राम्रो रहेको देखिन्छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया