सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकमा कांग्रेस सांसदको अभिव्यक्तिलाई लिएर नेकपाले नियमापत्ति जनाएको छ ।
मुख्यमन्त्री भट्टले विश्वासको मत लिन प्रदेशसभा बैठक जारी रहँदा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सभामुख भीम भण्डारीको भूमिकामाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्तिप्रति नेकपा सांसदले आपत्ति जनाएका हुन् ।
कांग्रेसका पूर्वप्रमुख सचेतक तथा पूर्वमन्त्री विक्रमसिंह धामीले सभामुख भण्डारीले प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई कारबाही गरेको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।
लामो समयदेखि अमेरिका रहेका देउवालाई प्रदेशसभा सदस्य पदबाट हटाउने निर्णय गरेको विषयमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै धामीले ‘सभामुख भनौँ कि सांसद पदका यमराज भनौँ ?’ भन्दै टिप्पणी गरेका थिए ।
धामीले सभामुखले आफ्नो अधिकार प्रयोग गर्दा राजनीतिक पूर्वाग्रह राखेको आरोपसमेत लगाएका थिए । उनले सभामुखको निर्णय र भूमिकामाथि प्रश्न उठाउँदै प्रदेशसभामा धारणा राखेका थिए ।
धामीको उक्त अभिव्यक्तिपछि नेकपा सांसद ओमविक्रम भाट सरलले नियमापत्ति जनाएका हुन् । उनले सभामुखलाई ‘यमराज’ जस्तो अमर्यादित शब्द प्रयोग गरेर सम्बोधन गर्नु संसदको मर्यादाविपरीत भएको भन्दै उक्त अभिव्यक्ति प्रदेशसभा बैठकको अभिलेखबाट हटाउन माग गरे ।
सांसद भाटले संसदभित्र सभामुखको भूमिकामाथि राजनीतिक तथा नीतिगत प्रश्न उठाउन सकिने भए पनि व्यक्तिगत रूपमा अमर्यादित शब्द प्रयोग गर्न नहुने बताए । उनले प्रदेशसभा बैठकको मर्यादा कायम राख्न यस्ता अभिव्यक्तिलाई अभिलेखबाट हटाउनुपर्ने माग गरे ।
मुख्यमन्त्री भट्टले भने विश्वासको मत माग्ने क्रममा प्रतिपक्षी दल कांग्रेसका सांसदहरूलाई समेत आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया