Samriddhipost
२०८३ भदौ ०५ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ ०५ गते शुक्रबार

सेती प्रादेशिक अस्पतालको सेवा प्रवाह तथा भौतिक पूर्वाधार सुधारका लागि अस्पताल प्रशासनले कार्ययोजना तयार गरी मुख्यमन्त्रीसमक्ष पेश गरेको छ।
मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको अनुगमन गरी सुधारमा चासो देखाएको केही दिनमै अस्पताल सुधारका लागि नीतिगत, व्यवस्थापकीय तथा भौतिक सुधार समेटिएको कार्ययोजना पेश गरिएको हो।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको नेतृत्वमा अस्पतालका कर्मचारीहरूको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कार्ययोजना पेश गरेको हो।
कार्ययोजना बुझ्दै मुख्यमन्त्री भट्टले अस्पतालको सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ। उहाँले विशेषगरी अव्यवस्थित इमर्जेन्सी सेवा, शौचालय तथा सरसफाइको अवस्था, सेवा प्रवाहमा देखिएका समस्या लगायत अस्पतालको भित्री तथा बाहिरी वातावरणमा समेत सुधार गर्न निर्देशन दिनुभयो।
मुख्यमन्त्री भट्टले अस्पताल सुधारका लागि आवश्यक नीतिगत तथा आर्थिक व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी सुधारका काम अघि बढाउन निर्देशन दिनुभएको छ।
कार्ययोजना बुझाउँदै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले तत्काल गर्नुपर्ने सुधारका कामहरू सुरु भइसकेको जानकारी दिनुभयो। बाँकी सुधारका लागि आवश्यक नीतिगत निर्णय तथा बजेट व्यवस्थापनमा प्रदेश सरकारको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।
अस्पताल प्रशासनले तयार गरेको कार्ययोजनामा सेवा प्रवाहलाई व्यवस्थित बनाउनेदेखि भौतिक पूर्वाधार, सरसफाइ, इमर्जेन्सी सेवा तथा अस्पतालको समग्र वातावरण सुधारलाई प्राथमिकतामा राखिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>