स्थानीयहरूको जनश्रमदानमा कञ्चनपुरमा क्रिकेट पिच निर्माण सम्पन्न भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रह्मदेवमा पिक निर्माण सम्पन्न भएको हो।
स्थानीय युवा दिपेन्द्र ऐरीको पहलमा सुरु गरिएको काममा स्थानीय व्यवसायी वीरेन्द्र पालले जेसीबी ट्याक्टर र मिक्सर मेसिन सहयोग गरेका थिए। सिद्धनाथ मन्दिर व्यवस्थापन समितिले फलामका पाइपहरू उपलब्ध गरायो। युवाहरूले काम गरे निर्माण सम्पन्न भयो ।
यो निर्माण सम्पन्न भएपछि युवाहरूलाई खेलकुदमा लाग्न थप सहयोग हुने अपेक्षा स्थानीयले गरेका छन्। अहिलेका युवाहरू अधिकांश जस्तो लागू औषध दुर्वेसनहरूमा लागिरहेको समयमा यसरी खेलकुदमा लगाउन सके युवाहरूलाई बचाउन सकिने अपेक्षा खेलकुद संरक्षण समितिका संयोजक शंकर बिष्टले राखेका छन् ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया