भीमदत्त नगरपालिका-९ स्थित ऐतिहासिक ब्रह्मदेव मण्डी तथा ५२ ढोके दरबार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मण्डी तथा दरबारको संरक्षण, सरसफाइ र स्वच्छता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
ब्रह्मदेव मण्डी एवं ५२ ढोके संरक्षण समितिका संयोजक जितबहादुर बमको नेतृत्वमा स्थानीय तथा सरोकारवालाहरूको सहभागितामा सरसफाइ गरिएको स्थानीय दिपेन्द्रसिंह ऐरीले बताए।
संरक्षण समितिका सदस्य धौलसिंह धामीका अनुसार कार्यक्रममा मन्दिर तथा मण्डी क्षेत्र आसपासमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो।
सरसफाइ कार्यक्रममा सहभागीहरूले ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणसँगै नियमित सरसफाइ र स्वच्छता कायम गर्न स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।
पहिलोपटक स्थानीय युवाहरू र सुरक्षा निकायहरूले केही सरसफाई गरेका थिए।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया