Samriddhipost
२०८३ भदौ ०९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ ०९ गते मङ्गलबार

कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन महरले दिएको अभिव्यक्ति तथ्यहीन भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आपत्ति जनाएको छ । संगठनले सांसद महरसँग सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ ।

भदौ ७ गते अपराह्न अत्तरियामा महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ९५६ नम्बरको महाकाली यातायातको बसको पछाडिको पाङ्ग्रामा परेर बझाङ मस्टा घर भई अत्तरियामा बस्दै आएकी ५३ वर्षीया सिन्की बोहराको मृत्यु भएको थियो ।


सांसद महरले भदौ ८ गते प्रतिनिधिसभाको बैठकमा बसले महिलालाई ठक्कर दिएपछि अगाडि बढेको र पुनः पछाडि फर्किएर घाइते महिलालाई किचेको आशयको अभिव्यक्ति दिएको संगठनको भनाइ छ ।

तर, इलाका प्रहरी कार्यालय मालाखेतीमा सुरक्षित सीसीटीभी फुटेज तथा प्रारम्भिक तथ्यले उक्त अभिव्यक्तिसँग मेल नखाने संगठनले दाबी गरेको छ । संगठनका अनुसार सीसीटीभी फुटेजमा बस विस्तारै अगाडि बढिरहेको अवस्थामा पानी बिक्री गर्ने महिला यात्रुसँग कारोबार गर्ने क्रममा लडेको र बसको पछाडिको पाङ्ग्रामा परेर उनको मृत्यु भएको देखिन्छ ।
संगठनले सीसीटीभी फुटेज, प्रहरी अनुसन्धान, प्रत्यक्षदर्शीको बयानलगायत प्रमाणका आधारमा घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । संसदमा उठाइने विषय तथ्यपरक र प्रमाणमा आधारित हुनुपर्ने भन्दै संगठनले प्रमाणबिना चालकलाई दोषीका रूपमा प्रस्तुत गर्नु उचित नभएको जनाएको छ ।


नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले माग सम्बोधन नभए देशभरका यातायात श्रमिक लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।

संगठनले मृतक बोहराको परिवारलाई प्रचलित कानुनअनुसार क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्नुपर्ने, घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने र निर्दोष चालकलाई अन्याय हुन नदिनुपर्ने माग गरेको छ ।
संगठनले अत्तरिया घटनाका सम्बन्धमा तीन मुख्य माग अघि सारेको छ । पहिलो, सीसीटीभी फुटेज, प्रहरी अनुसन्धान र प्रत्यक्षदर्शीको बयानलगायत प्रमाणका आधारमा घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, दोस्रो, सांसद महरले दिएको अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने र तेस्रो, मृतक बोहराको परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्नुपर्ने माग संगठनको छ ।
संगठनले सडक दुर्घटनालाई भवितव्यका रूपमा मात्र नहेरी सडक सुरक्षा, चालकको कार्यपरिस्थिति र दुर्घटना न्यूनीकरणका लागि सरकार, व्यवसायी, श्रमिक तथा यात्रु सबै पक्ष जिम्मेवार हुनुपर्ने जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>