Samriddhipost
२०८३ भदौ १० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ १० गते बुधबार

कञ्चनपुरका तीन गाउँमा अवरुद्ध विद्युत सेवा आठ दिनपछि पुनः सञ्चालनमा आएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ९ खल्ला मुसेटी र टुँडिखेल गाउँमा भाद्र १ गते विद्युत अवरुद्ध भएको थियो। महाकाली नदीमा आएको बाढीले विद्युत सेवा अवरुद्ध भएको थियो। 

स्थानीय र सुरक्षा निकायको श्रमदानपछि विद्युत लाइन व्यवस्थित गरेर मङ्गलबारबाट विद्युत सुचारु भएको हो।

स्थानीय युवा दिपेन्द्र सिंह एरीले विद्युतको लाइन व्यवस्थित गर्न सहयोग गरेकामा जिल्ला प्रशासन कार्यालय विद्युत प्राधिकरण सुरक्षा निकाय, जनप्रतिनिधि र स्थानीय सहयोगहरूमा धन्यवाद व्यक्त गरेका छन्।

यो क्षेत्रमा पटकपटक विद्युत सेवा अवरुद्ध हुने गरेको छ। विद्युत सेवा व्यवस्थित गरिदिन स्थानीयले वैशाख जेठबाटै कुराहरु राख्दै केही आन्दोलनका कार्यक्रम समेत अघि सारेका थिए। तर सरकारले व्यवस्थित गरिदिएन  आश्वासन मात्रै दिइरहे तर अन्तिममा लाइन बन्द भएपछि आठ दिनपछि विद्युत सेवा सुचारु भएको छ । विद्युत सुचारो भएपछि स्थानीयहरूले खुसी व्यक्त गरेका छन्। र यसपटक व्यवस्थित गरिएको लाइन महाकालीले बगाउन नसक्ने गरी राखिएको बताएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>