रसुवाको भोटेकोसी र नुवाकोट हुँदै बहने त्रिशूली नदीमा यति बेला (शनिबार बिहान ६ः१०) बजे पानीको बहाव सामान्य रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी नदीमा ठूलो उतारचढाव नदेखिएको महाशाखाका एसिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवले जानकारी दिए ।
“भोटेकोसी र त्यसभन्दा तलको नदीमा पानीको बहाव सामान्य देखिएको छ,” उनले समृद्धि पोष्ट संग भने, “पानीको सतह तीव्र वृद्धि भएको देखिएको छैन ।”
चीनको तिब्बततर्फ यसअघि भीषण बाढी आएको स्थानको पछिल्लो स्थिति कस्तो छ भन्नेबारे थप जानकारी प्राप्त नभएको उनले बताए ।
यही भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै विनाशकारी बाढी रसुवा प्रवेश गरेको थियो । त्यो बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा जनधनको ठूलो क्षति गरिसकेको छ ।
सोही बाढी उत्पन्न भएको स्थानमा नदी थुनिएर अस्थायी ताल बनेको छ । त्यसले गर्दा खतरा कायमै रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया