पूर्वप्रदेशसभा सांसद मञ्चले सुदूरपश्चिम प्रदेशमा प्रदेशसभाबाट पारित भएका ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनसँगै आवश्यक नियमावली निर्माण र भएका कामको नियमित अनुगमन गर्नुपर्नेमा जोड दिएको छ।
मञ्चका उपाध्यक्ष तथा पूर्वमाननीय महेशदत्त जोशीले प्रदेशसभाको पहिलो कार्यकाल २०७५ देखि २०७९ सम्म संसदबाट पारित गरिएका ६२ वटा ऐन तथा कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उहाँले कानुन निर्माणसँगै त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली तथा कार्यविधि समयमै निर्माण गर्ने दिशामा सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो।

जोशीले प्रदेशसभाबाट ऐन कानुन निर्माण हुनु महत्वपूर्ण उपलब्धि भए पनि त्यसको व्यवहारिक कार्यान्वयन अझ महत्वपूर्ण रहेको बताउँदै कार्यान्वयन भएका कामको नियमित अनुगमन, मूल्याङ्कन र आवश्यक सुधार गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले प्रदेशको विकास, सुशासन र नागरिकका अपेक्षा पूरा गर्न सरकार, संसद, राजनीतिक दल तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
पूर्वप्रदेशसभा सांसद मञ्चले पछिल्लो समय प्रदेशमा भइरहेका सकारात्मक गतिविधिप्रति बधाई तथा शुभकामना व्यक्त गर्दै जनताको हितमा भएका निर्णय र उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा समेत जोड दिएको छ।

यसैबीच, मञ्चले भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ। बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी र तदारुकताका साथ अघि बढाउन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।
मञ्चले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यमा सफलता मिलोस् भन्ने कामना पनि गरेको छ। विपद्को समयमा राज्यका निकाय, सुरक्षा संयन्त्र, स्थानीय तह, नागरिक समाज तथा आम नागरिकबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने मञ्चको भनाइ छ।
मञ्चले विपद्को यस कठिन घडीमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सबै पक्षलाई जिम्मेवार भएर सक्रिय हुन आग्रह गरेको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया