Samriddhipost
२०८३ भदौ २३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ २३ गते मङ्गलबार

देशका केही स्थानमा आज धेरै भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ (नेपालको पश्चिमतर्फ नेपालनजिकै) रहेको छ । उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहँदा धेरै भारी वर्षाको सम्भावना रहेको हो । 
जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकदुई स्थानमा धेरै भारी वर्षाका सम्भावना छ ।
विभागले देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । 
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेशका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । 
कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान रहेको विभागले बताएको छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>