Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ असोज ०२ गते बुधबार

बहुमत शुक्लफाँटाले नगरप्रमुखलाई बुझाए ज्ञापन, बेरुजु देखि सम्पत्ति बिवरण सार्वजनिक सम्म यस्ता बिषय उठान गरिए ।

धर्मेन्द्र बास्ताेला नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टि शुक्लफाँटा नगरकमिटि ईन्चार्जले ९ बुदे ज्ञापनपत्र बुझाएको हाे । नगरप्रमुख रण बहादुर महरा लाई बहुमतका नगर ईन्चार्ज सन्दर्भले बुझाएकाे ज्ञापनपत्रमा राष्ट्रिय स्वाधीनता र समानताको पक्षमा निरन्तर संघर्षरत रहेको, देशभरी भ्रष्टाचारका विरुद्ध जोडदार संघर्षमा रहेको उल्लेख गर्दै वहुमत शुक्लाफाँटा नगर समितीले ज्ञापनपत्र बुझाएको उल्लेख गरेकाे छ ।
बिज्ञप्तिमा यस्ता छन मागहरु
 नगरपालिका/गाउँपालिकामा एउटा उपयुक्त उद्योगको अध्ययन गरी यथासिघ्र सञ्चालन गरियोस् । नगरपालिका प्रमुख, उप प्रमुखहरुको सम्पत्ति विवरण यथासिघ्र सार्वजनिक गरियोस् । नगरकाे बेरुजुको बिवरण तुरुन्त सार्वजनिक गरियोस् ।
नगर भित्रका अतिक्रमित सार्वजनिक जमिनहरुको पहिचान गरि अतिक्रमण हटाइ उक्त जमिनहरु सरकारको मातहतमा ल्याइयोस् ।
नगरभित्र संचालित राष्ट्रिय गौरवका आयोजनाहरु संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार र अन्य संघ संस्था तथा दातृ निकायहरुबाट संचालित अलपत्र अवस्थामा रहेका आयोजना/योजनाहरु तत्काल तोकिएको समय अवधि लागत र गुणस्तरमा सम्पन्न गर्न प्रभावकारी कदम चालियोस् । नगरभित्र भित्र जनताको जिउधनको रक्षाका लागि प्रभावकारी शान्ति सुरक्षा र अमनचयनको व्यवस्था तत्काल गरियोस् ।किसानहरुको कृषि बालिको समयमै उचित मूल्य निर्धारण गरियोस् । नगरपालिका भित्रका नदिनाला, कटान भएको क्षेत्र र डुबानमा परेकालाई क्षतिपूर्ति र राहत र तटबन्धको व्यवस्था गरियोस्, कृतिम अभाव, मंहगी, कालोबजारी, कर छली र अखाद्य वस्तु खरिद बिक्रि अनुगमन गरी कानुन बमोजिम कारवाहीको व्यवस्था गरियोस्  बिज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>