Samriddhipost
२०८३ कार्तिक १५ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक १४ गते शुक्रबार

कांग्रेस महाधिवेशन प्रतिनिधिमा मेलौली निवर्तमान उपप्रमुख ओझाको निर्विरोध यात्रा
फाइल तस्बिर

बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकी छन् ।

नेपाली कांग्रेसको देउवा समूहबाट खुला महिला कोटातर्फ उम्मेदवारी दिएकी ओझा प्रतिस्पर्धाबिनै प्रतिनिधिमा चयन भएकी हुन् ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय ओझाले पार्टी संगठनका विभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्दै आएकी छन् । स्थानीय तहको जनप्रतिनिधिका रूपमा समेत काम गरिसकेकी उनीसँग राजनीतिक तथा सांगठनिक क्षेत्रको अनुभव छ ।

महाधिवेशन प्रतिनिधिमा चयन भएपछि प्रतिक्रिया दिँदै ओझाले आफ्नो आगामी राजनीतिक यात्रा र सांगठनिक भूमिकाबारे पार्टी नेतृत्व, नेता तथा सरोकारवालासँग छलफल गरेर मात्रै निर्णय लिने बताएकी छन् ।

पार्टीको नीति, नेतृत्व र सल्लाहलाई प्राथमिकतामा राख्दै आगामी कदम अघि बढाउने उनको भनाइ छ । आफूले अहिलेसम्म हासिल गरेको राजनीतिक तथा जनप्रतिनिधिका रूपमा प्राप्त अनुभवलाई आगामी दिनमा पार्टी संगठनको सुदृढीकरण र जनताको हितमा प्रयोग गर्ने उनले बताएकी छन् ।

ओझाको निर्विरोध चयनलाई कांग्रेसको संगठनभित्र उनको सक्रियता र राजनीतिक यात्रासँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>