Samriddhipost
२०८३ कार्तिक ०१ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक ०१ गते शनिबार

पत्रकार श्रेष्ठलाई प्रहरीले लग्यो साइबर ब्युरो ।

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर व्युरोको कार्यालय लगिएको छ । उनलाई लिन आज बिहान ब्युरोको टोली नख्खुस्थित घरमै पुगेको थियो ।

साइबर व्युरोको उच्चस्रोतले अनलाइनखबरसँग भन्यो, ‘उहाँविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि ल्याइएको हो ।’

 

समाचारको विषयलाई लिएर श्रेष्ठविरुद्ध हिजो रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तले साइबर व्युरोमा निवेदन दिएका थिए । पत्रकार श्रेष्ठले पनि हिमेश विरुद्ध ब्युरोमै निवेदन दिएका थिए । ब्युरो स्रोतका अनुसार श्रेष्ठ र पन्त दुवै पक्षलाई राखेर छलफल गराउने तयारी छ ।

 

श्रेष्ठलाई यसअघि साउन २७ गते काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । उनको निवास र घरमा खानतलासी गरेर प्रहरीले ल्यापटप, कम्प्युटर लगायतका विद्युतीय सामग्रीहरु नियन्त्रणमा समेत लिएको थियो ।

 

तर बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारेको थियो । त्यसपछि उनी भदौ १ गते हिरासत मुक्त भएका थिए ।

 

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>