कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गको पुलमुनि एक युवक मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार आइतबार बिहान करिब ९ः५५ बजे पहाड–तराई जोड्ने पक्की पुलको दायाँतर्फ करिब ५० मिटर तल गोदावरी नगरपालिका–४ निवासी २७ वर्षीय शेरबहादुर रानामगर मृत अवस्थामा फेला परेका हुन्।
अम्मर रानामगरका छोरा शेरबहादुर पुलमुनि उत्तानो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षकको नेतृत्वमा फरेन्सिक अनुसन्धान टोलीसहित पाँच जनाको प्रहरी टोली खटिएको थियो।
प्रहरीका अनुसार मृतकको शव परीक्षण तथा घटनाको प्रकृति खुलाउने प्रक्रिया अघि बढाइएको छ। युवकको मृत्युको कारण भने खुल्न बाँकी रहेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया