उपचारका क्रममा धनगढीमा एक जना थुनुवाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–३ का श्याम थापामगरको शुक्रबार राति सेती अस्पतालमा मृत्यु भएको हो ।
फोक्सोमा समस्या देखिएपछि उनलाई ३ दिन अघि सेती अस्पतालमा भर्ना गरिएको जिल्ला कारागार कैलालीका निमित्त जेलर उश्मा थापाले बताए । ‘३ महिनादेखि उनको उपचार गराउँदै आएका थियौं,’ उनले भने, ‘ स्वास्थ्यमा थप समस्या देखिएपछि आइसियुमा राखिएको थियो । हिजो राती मृत्यु भयो ।’
उनी लागुऔषध प्रयोगकर्ता तथा कारोबारी थिए । जिल्ला अदालत कैलालीले ६ महिना अघि उनलाई पुरपक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । ‘शव परीक्षण गरेर उनलाई आफन्तको जिम्मा लगाउने तयारी छ,’ उनले भने, ‘आजै परिवारको जिम्मा लगाउँछौं ।’
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया