Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २८ गते शनिबार

प्रजनन स्वास्थ्य शिविरबाट ५ सय भन्दा बढी जनालाई सेवा प्रदान

 बेलौरीमा सञ्चालित प्रजनन स्वास्थ्य शिविरबाट ५०९ जनालाई सेवा प्रदान गरिएको छ । बेलौरी नगरपालिका कार्यालयको समन्वय र स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा शुक्रबार र शनिबार छुट्टाछुट्टै स्थानहरूमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गरिएको बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बेलौरी नगरपालिका वडा नम्बर ३ बुटावारी स्थित श्री सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबार सञ्चालित प्रजनन स्वास्थ्य शिविरबाट २५५ जनाले सेवा लिनु भएको छ । त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार सञ्चालित प्रजनन स्वास्थ्य शिविरबाट २५४ जनाले सेवा लिनु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन अधिकृत कपिल देव जोशीलाई उद्धृत गर्दै स्वास्थ्य शाखा प्रमुख बोहराले बताउनु भयो ।

उक्त शिविरबाट विशेषज्ञ चिकित्सकद्वारा बिरामीको चेकजाँच, निदान, उपचार तथा प्रेषण सेवा, पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग, गर्भवतीहरूको चेकजाँच तथा भिडियो एक्स–रे सेवा, पाठेघर खसेका महिलाहरूको स्क्रिनिंग तथा रिङ पेसरी राख्ने कार्य, परिवार नियोजनका लामो अवधिका अस्थायी साधन (इम्प्लाण्ट, आई.यु.सि.डि.) राख्ने कार्य, महिलाहरूमा तल्लो पेट दुख्ने, चिलाउने, सेतो पानी बग्ने समस्याको उपचार, यौन रोगको उपचार, एचआइभी परीक्षण तथा परामर्श र निःशुल्क औषधी सेवा प्रदान गरिएको बताइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>