Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १५ गते बुधबार

उच्च भेगमा हिमपात काे सम्भावना

महेन्द्रनगर -  सुदूरपश्चिमका देशका उच्च पहाडी तथा हिमाली भूभागमा  हिमपात हुने सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार सूचना जारी गर्दै आज (बुधवार) देखि हिमपातको सम्भावना रहेको जनाएको हो । 

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ ।

ती प्रदेशहरुका पहाडी तथा तराईका केही भूभागहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

‘मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई,यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपाउन हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रमका कारण मौसम बदली हुन लागेको हो । शुक्रबारदेखि यो प्रणाली विस्तारै कमजोर हुँदै जाने महाशाखाले सूचनामा उल्लेख गरेको छ ।


#हिमपात

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>