महेन्द्रनगर - प्रदेश २ सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले डा. वैद्यनाथ महतोलाई कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।
प्रदेश २ को अति नै महत्वाकांक्षी कार्यक्रम मानिएको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको सुरुवातसँगै मंगलबार मुख्यमन्त्री लालबाबु राउतले उपकुलपति नियुक्त गरेका छन् ।
नवनियुक्त उपकुलपति डा. महतो प्रदेश २ को नीति तथा योजना आयोगका पूर्व सदस्यसमेत हुन् । सिरहाको मिर्चैया नगरपालिका– २ का डा. महतोलाई विश्वविद्यालयका सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपति समेत रहेका मुख्यमन्त्री राउतले नियुक्त गरेका छन् ।
उपकुलपति नियुक्त गरिए पनि कृषि विश्वविद्यालयको भौतिक संरचनाको अझैसम्म अत्तोपत्तो छैन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया