महेन्द्रनगर - कोभिड १९ को नयाँ भेरियन्ट ओमीक्रोनको सङ्क्रमण बढेपछि सरकारले ६७ देशहरूबाट आवतजावत गर्ने यात्रुमाथि आफ्नै तवरमा होटल क्वारेन्टिनमा बस्न आदेश दिएको छ ।
पुस २ गते अध्यागमन विभागका निर्देशक मुकेश कुमार केसरीले एक विज्ञप्ति जारी गर्दै विभागले ६७ देशहरूलाई जोखिमपूर्णको सूचीमा राखेको जनाएका छन् । उनले ती देशहरूमा आवतजावत गर्ने नागरिकलाई पीसीआर विधिबाट कोभिड १९ को परीक्षण गरी ७ दिनसम्म होटल क्वारेन्टिन बस्न र रिपोर्ट नेगेटिभ आएपछि पनि थप ७ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन् ।
सुरुमा अफ्रिकी देशहरूमा फेला परेको कोभिड १९ ओमिक्रोनको नयाँ भेरियन्ट विस्तारै युरोपेली र एसियाली देशहरूमा फैलिँदै गरेको र मन्त्रिपरिषद्को निर्णय अनुसार जोखिमयुक्त देशहरूबाट यात्रा गर्नेहरूमाथि यस्तो नीति जारी गरिएको विभागको भनाई छ । उल्लेखित ६७ देश बाहेक अन्य देशबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रुहरूका लागि भने यसअघिकै नियम लागू हुने विभागले जनाएको छ ।

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया