Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर १४ गते बिहिबार

मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हादले नेपालबाट बाहिरिने निर्णय गरेको छ । व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो ।

यससँगै कम्पनीले आफ्नो ८० प्रतिशत स्वामित्त्व भएको 'एनसेल' बिक्रीमा राख्नेसमेत निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले प्रतिक्रिया दिएका छन् ।

“नेपालको परिप्रेक्ष्यमा चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो,” आजियाटाले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तदनुसार एनसेललाई बिक्रीका लागि राखिएको छ ।”

यो कदमले आजियाटालाई आफ्नो रणनीतिक प्राथमिकताहरू पूरा गर्न अझ बलियो स्थितिमा ल्याउने कम्पनीको विश्वास छ । विज्ञप्तिमा अगाडि भनिएको छ, "यो निर्णय हाम्रा सबै शेयरहोल्डरको दीर्घकालीन हितमा छ ।"

२०२३ को तेस्रो त्रैमासिकमा एनसेलको आम्दानीमा ८ प्रतिशत गिरावट आउँदा कम्पनीको वार्षिक आम्दानी (YTD) ६.४% ले घटेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स (EBIT) ११.४ प्रतिशले घटेको छ भने प्रोफिट आफ्टर ट्याक्स एन्ड माइनोरिटी इन्ट्रेस्ट (PATAMI)४७.७ प्रतिशतले घटेको कम्पनीको निष्कर्ष छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>