Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०९ गते शुक्रबार

डिलासैनीका  एक पुरुषले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बिहीबार डिलाशैनी गाउँपालिका वडा नम्बर- ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले आफ्नै श्रीमतीको हत्या गरेका हुन्।
प्रहरी स्रोतकाअनुसार कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या भएको हो। कोदालो प्रहारबाट घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
 जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दिपक गिरीले धामीकै कुटपिटबाट दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट पनि घाइते भएको जानकारी दिए।
पालिकाका कर्मचारी धामीको घरमा भाडामा बस्ने गर्दथे, उपचारकाे लागि हेलिकप्टर बाट काेहलपुर रिफर  गरिएकाे बैतडि प्रहरी प्रवक्ताले बताएका छन ।
घटना र विवादबारे थप विवरण भने खुलेको छैन। कुटपिट गर्नेलाई भने जिल्ला प्रहरी कार्यालय बैतडीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>