Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष २० गते मङ्गलबार

सुदुरपश्चिम प्रदेशमा बढे काेराेना संक्रमित, अाजसम्म ६१४ काे जयान गयाे ।

सुदूरपश्चिम प्रदेशमा ह्वात्तै कोरोना भाइरस सङ्क्रमित बढेका छन् । साेमबार एकैदिन यस प्रदेशमा २८ जनामा  सङ्क्रमणको पुष्टि भएको छ । यसअघि आइतबार पाँच जनामा मात्रै सङ्क्रमण देखिएको थियो ।  गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८७७ जनाको नमूना परीक्षण गर्दा २८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
पीसीआरमार्फत तीन र एन्टिजेनमार्फत २५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा तीन र एन्टिजेनमार्फत बैतडीका १२, कैलालीका नौ र कञ्चनपुरका चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।   अाइतबार २४ घण्टामा प्रदेशभर चार जना निको भएका छन् ।
उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि आइतबार यस प्रदेशमा पाँच जनामा सङ्क्रमण पुष्टि हुँदा चार निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>