Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
काठमाडौं
२०७८ पुष २२ गते बिहिबार

नेपालि उडानलाइ हङकङमा पुन प्रतिबन्ध

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई काठमाडौं–हङकङ उडान भर्न त्यहाँको सरकारले फेरि प्रतिबन्ध लगाएको छ । जनवरी ४ तारिख (मंगलबार) निगमको न्यारोबडी जहाज (उडान नम्बर ४०९) चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई उडान भर्न प्रतिबन्ध लगाएको हो । 
निगमले सूचना नै जारी गरेर हङकङले उडानमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । निगमका सहप्रवक्ता ज्ञान अर्यालले दुई सातासम्मका लागि निगमले हङकङ उडान भर्न नपाउने स्थिति निम्तिएको बताएको छ । 
अर्यालले भने, ‘हामीले हङकङ उडानमा तारन्तार समस्या भोगिरहेका छौं । निर्धारित उडानसमेत गर्दा यो पटक प्रतिबन्धको असर २१ दिनसम्म पर्ने भएको छ ।’ 
हङकङले कुनै उडानबाट त्यहाँ पुगेकामध्ये दुई जनासम्मलाई कोरोना संक्रमण देखिए प्रतिबन्ध लगाउँदैन । तर, जनवरी ४ तारिखमा निगमको जहाजबाट गएका पाँचमा एकैपटक संक्रमण देखिएपछि पुनः दुई साता लामो प्रतिबन्ध लागेको हो । जनवरी १९ सम्म निगमको जहाजले हङकङ उडान गर्न पाउने छैन भने निर्धारित उडानका कारण त्यसपछि पनि एक सातासम्म उडान नहुने निगम सहप्रवक्ता अर्यालले बताए । 
यसअघि पनि हङकङले निगमको जहाज उडानमा पटकपटक प्रतिबन्ध लगाएको थियो । नेपालबाट संक्रमणमुक्त रहेको प्रमाणपत्र लिएर गएका यात्रुहरूको स्वाब परीक्षण गर्दा हङकङमा संक्रमित पुष्टि हुने घटना दोहोरिँदै आएको छ ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>