Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
प्रकाश दत्त भट्ट प्रकाश दत्त भट्ट
२०८१ जेठ २९ गते मङ्गलबार

राष्ट्रिय परिचय पत्र कसरी बनाउने, सबे जानकारी सहित

राष्ट्रिय परिचयपत्र कसरी बनाउने, अनलाई आवेदन कसरिभर्ने, यदी तपाई उपत्यकामा बसोबास गर्दै आउनुभएको छ भने कुन कुन ठाउबाट परिचयपत्र बनाउन सकिन्छ र परिचयपत्र बनाउन कागपत्र के के चाहिन्छन लगायतका प्रश्नको जवाफ सहित ।

देशका सबै जिल्ला प्रशासन कार्यालयमा रहेका केन्द्रबाट अनलाइन फारम भरी राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन सकिन्छ । 

इलाका प्रशासन कार्यालयमा अथवा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले स्थानीय तहहरुबाट समेत परिचयपत्रका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । अथवा तपाई आंफैले घर कार्यालयबाट अनलाइन मार्फत आवेदन दिन सक्नुहुनेछ । आंफैले फाराम भर्न नसक्नेहरुले नजिकैको साईबर तथा डेस्कटप सेन्टरहरुमा गएर पनि आवेदन दिनसक्नुहुनेछ । अनलाइनमा भरेको बिबरणको फोटोकपी लिएर प्रशासन कार्यालयमा गएपछि तपाईको बिबरण रुजु गरेर बायोमेट्रिक गरेपछि तपाईले परिचय पत्रको नम्बर पाउनुहुनेछ ।परिचयपत्र लिन दर्ताका लागि भने व्यक्ति आफैं जानुपर्छ । 
 
राष्ट्रिय परिचयपत्र बनाउनकालागी यसरी दिनुहोस् अनलाइन आवेदन

सबैभन्दा पहिला ‘राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन’ पेजमा जानुहोस् । www.enrollment.donidcr.gov.np/PreEnrollment

यो पेजमा दुई ओटा खण्ड रहेका छन् । त्यस मध्येबाट ‘लगइन फर इन्डिभिजुअल’ (Login for Individual) को छेउमा रहेको लगइन (Login) को बटनमा क्लिक गर्नुहोस् । 

यति गरिसकेपछि त्यहाँ देखिएको मोबाइल नम्बरको बक्समा आफ्नो नम्बर राख्नुहोस् र, एसएमएसमा आएको ओटीपी कोड राखेर केही सेकेन्ड पर्खनुहोस् । अनि त्यहाँ ड्याशबोर्ड देखिन्छ । 

त्यसपछि माथि देखिएको ‘न्यु इनरोलमेन्ट’ (New Enrollment) को बटनमा क्लिक गर्नुहोस् ।

 यति गरेपछि तपाईंले आवेदन भर्नुअघि के के कुरामा ध्यान दिने भन्ने सूचना पप-अपको रूपमा देखिन्छ । त्यसलाई ध्यान दिएर पढ्नुहोस् । 

 अब मागिएका विवरण भर्नुहोस् । यहाँ नाम नेपालीमा लेख्नुपर्ने छ भने तपाईंले रोमनमा जुन अक्षर टाइप गर्नुहुन्छ त्यसरी नै टाइप गर्दा हुन्छ । उदाहरणका लागि तपाईंको नाम राम हो भने (Ram) टाइप गर्दा ‘राम’ टाइप हुन्छ । डिफल्ट रूपमा रोमनाइज्ड किबोर्ड छानिएको हुन्छ । यदि तपाईंले ट्रेडिसनल किबोर्डमा टाइप गर्न चाहनु भयो भने त्यसको विकल्प पनि छ । 

 त्यसपछि आफ्नो पहिलो नाम अङ्ग्रेजीमा टाइप गर्नुहोस् । नागरिकता नम्बर राख्दा भने तपाईंले सबै विवरण भरिसकेपछि बायोमेट्रिक दिन कुन मितिमा कुन कार्यालयमा जाने भन्ने छान्न र समय लिन सकिन्छ । 

 यसरी सबै प्रक्रिया पूरा गरिसकेपछि तपाईंको स्क्रिनमा पीडीएफ देखिन्छ । सो पीडीएफ प्रिन्ट गरेर तपाईंले तोकेको कार्यालयमा तोकेको समयमा बायोमेट्रिक्स दिन जानुहोस् । 

राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिइसकेपछिको प्रगति कसरी हेर्ने ? 

यदि तपाईंले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराइसक्नु भएको छ भने आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर तथा त्यसको छपाईको अवस्था  उल्लेख गरी निम्न प्रक्रिया अपनाउनुहोस् ।
- त्यसका लागि सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् । र त्यहाँ भनिएका विवरण राख्नुहोस् । त्यस्तै आफ्नो परिचयपत्र नम्बर वा परिचयपत्रको अवस्था जानकारी पाउन ०१-४२०००१४, ०१-४२११५६३ र ०१-४२००८९४ मा सम्पर्क गर्न वा ९८४७३४६४१२, ९८५१३००५२० र ९८५१३१६०३४ नम्बरमा ह्वाट्सएपमा मेसेज पठाउन पनि सकिन्छ ।

राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक कागजत
क) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ख) बसाईसराई गरेको हकमा बसाईसराईको सक्कल प्रमाणपत्र (नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक ठेगाना भएमा)
ग) विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोहि प्रमाणपत्र अन्यथा विवाह दर्ता, विवाह प्रमाणितर नाता प्रमाणितको सक्कल प्रमाणपत्र ।
घ) नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टा)
ङ) विवरण पुष्टि हुने अन्य कागजातहरू
च) कर्मचारी भए कार्यालयको सिफारिश र पूर्व कर्मचारी भए पेन्सनपट्टा।
छ) कर्मचारीका परिवारका लागि कर्मचारीको परिचयपत्रको प्रतिलिपि।

यो संगै उपत्यकामा रहेका देशका विभिन्न जिल्लाका बासिन्दाले अब काठमाडौंबाटै राष्ट्रिय परिचयपत्र पाउन सक्नेछन्।

उपत्यकामा राष्ट्रिय परिचयपत्र बनाउन तोकिएका पाँच स्थान 
१-काठमाडौं जिल्ला प्रशासन कार्यालय, 
२-ललितपुर जिल्ला प्रशासन कार्यालय,
३-नारायणहिटी दरबार परिसर,
४-राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
५-प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिनेछ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेकका सबै जिल्ला र मधेश प्रदेशका पर्सा र धनुषाका बासिन्दाले परिचयपत्र बनाउन सक्नेछन्।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लासँगै मधेश प्रदेशका सप्तरी र सर्लाहीका बासिन्दाले परिचयपत्र बनाउन पाउनेछन्।

नारायणहिटी दरबार परिसरबाट कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्लासँगै मधेश प्रदेशका सिरहा, महोत्तरी, बारा र रौतहटका बासिन्दाका लागि परिचयपत्र बनाउने व्यवस्था गरिएको छ।

यसैगरी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ट पदाधिकारीले मात्र परिचयपत्र बनाउन पाउनेछन्।

राष्ट्रिय सभा गृहबाट सरकारी कर्मचारीका परिवारजनले राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>