Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २१ गते शनिबार

शुक्लफाटाबाट तीन भारतीय दुई नेपाली नगद कारसहित पक्राउ

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा प्रहरी र नेपाली सेनाको संयुक्त कार्यवाहीमा ठूलो परिमाणमा नक्कली भारु नोट बरामद गरिएको छ। शुक्रबार राति भारतीय नम्बर प्लेट UP14 BH2073 रहेको गाडीमा नक्कली नोट बोकेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले गाडी पछ्याइरहेका बेला नेपाली सेना श्री रणसिहं सुरक्षा गण जोनापुर पोस्टले भारतीय नम्बर प्लेट रहेको गाडीलाई रोकेर चेकजाँच गरेको थियो। 

चेकजाँचका क्रममा भारतीय नक्कली ५००का नोटसहित ३ जनालाई तत्काल पक्राउ गरेको थियो। जनापुर क्षेत्रमा नक्कली नोटसहितको गाडी बन्द गरी घटनामा संलग्नहरू भाग्ने क्रममा नेपाली सेनाले पक्राउ गरेको हो। शुक्लाफाटा निकुञ्ज सुरक्षार्थ सेनाले उनीहरूलाई पक्राउ गरेको थियो। चेकजाँचका क्रममा भारतीय रुपैयाँ ५०० दरका १ सय ४७ थान नक्कली जस्तो देखिने नोट बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ गरिएको भारतीय नम्बर प्लेट रहेको गाडीमा सवार शुक्लाफाटा नगरपालिका १ वन शाह का ३२ वर्षीय सौगात बहादुर शाही सोही ठाउँमा बस्ने वर्ष २४ का चन्द्र बोहरा। भारत बरेली का २५ वर्षीय कुलदीप चतुर्वेदी बरेलीकै २० वर्षीय अमित यादव र उद्यमशील नगरका हिमांशु शर्मा रहेका छन्

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>