Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २५ गते बुधबार

बाल सुधार गृहबाट भाग्न खोज्दा पाँचजनाको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका नौबस्तास्थित बाल सुधारगृहबाट भाग्न खोज्दा पाँच बालबन्दीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

हिजो राति बाल सुधारगृहसँगै रहेको क्षेत्रीय कारागारको गेटबाट बालबन्दीहरू भाग्न खोज्दा सुरक्षार्थ खटिएका प्रहरीको गोली चलाएको थियो। उक्त कारबाहीमा पाँच जनाको मृत्यु भएको नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले जानकारी दिए।

‘‘राति १०–११ बजेको समयमा बालकहरू कारागारको गेटबाट भाग्न खोज्दा सुरक्षाकर्मीले हवाई फायर गरेर नियन्त्रणमा लिन खोज्दा घटना भयो," उनले भने। घटनामा दुई जना घाइते भएका छन्।

‘‘सुधारगृहमा रहेका सबै जना जेन जी पुस्ताकै छन्, त्यसैले क्षेत्रीय कारकारका कैदीसँगै मिलेर भग्ने प्रयास गरेका रहेछन्,’’ उनले भने।

क्षेत्रीय कारागारबाट १४९ जना कैदीबन्दी र बाल सुधारगृहबाट ७९ बालबन्दी पनि भागेको सुधार गृहका प्रमुख रानाले जानकारी दिएका छन्।

बाल सुधारगृहमा ९० जना सकुशल रहेको उनले बताए।

भागेका बालकहरूका अभिभावकलाई सम्पर्क गरेर फिर्ता ल्याइदिन आग्रह गरिएको पनि उनले बताए।

केही बालकहरू आफैँ सम्पर्कमा आउन थालेको उनले जानकारी दिएका छन्।

बाल सुधारगृहमा जम्मा १७६ जना बालबन्दी र क्षेत्रीय कारागारमा ५८० भन्दा बढी कैदीबन्दी रहेको बताइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>