Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष २३ गते शुक्रबार

नेपालमा थप भए २ दर्जन ओमिक्राेन संक्रमित

नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । पुसमा संकलित १ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिंग गर्दा २ सय ५० वटा (२२ प्रतिशत) एस जिन नेगेटिभ पत्ता लागेको थियो ।

एस जिन नेगेटिभ पत्ता लागेका मध्ये २४ नमूनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंसिर २० गते एक जना विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन पुष्टि भएको थियो ।

त्यसपछि पुस ७ गते एक जनामा ओमिक्रोन पुष्टि भएको थियो । योसँगै नेपालमा २७ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । ओमिक्रोन भेरियन्टको संक्रमणबाट बिरामीहरुको चाप बढ्न सक्ने भएकाले  सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>