Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ ३१ गते बिहिबार

कुतियाकवर बस्तीका दर्जनौं किसानको खेती योग्य जग्गा बालुवानै बालुवा

दोधारा चाँदनीको कुतियावकरमा किसानहरुको खेती योग्य जग्गा अहिले बाँझै छ् । केही किसानहरुले बालुवाले पुरेको जग्गामा बेसार लगाएका छन् । बालुवाले भरिएको जग्गा त्यसैमा केही महिना देखि लागेको खडेरीले खेतमै बेसार खेती ओईलिएको छ् । २०७८ कार्तिक २ गते आएको महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले कुितयावकर बस्तीका १५ जना बढी किसानहरुको खेती योग्य जग्गामा बाढीले ल्याएको बालुवा भरिएर पछि उनिहरुले उक्त जग्गामा खेतीनै गर्न छाडेका छन् । खेती योग्य जग्गा बालुवामय भएपछि उनिहरु समस्यामा परेको उनिहरुले बताएका छन् । ‘महाकाली नदी र जगबुडा नदीमा २०७८ सालमा आएको बाढीले ल्याएको बालुवा खेतमा भरिदिएपछि खेतीयोग्य जग्गा मरुभुमी भएको छ्’ स्थानियबासी टेक बहादुर सुनारले भने । नेपाल–भारत सिमा क्षेत्रमा रहेको कुतिायाकवर बस्ती महाकाली नदी र जगबुडा नदीको दोभानमा अवस्थित रहेको छ् । बसन्ती सुनार, टेक बहादुर सुनार, रुपा सुनार, लाल बहादुर खड्का, भरत खड्का, कल बहादुर खत्री, जितु खत्री लगाएत १५ जना भन्दा बढी किसानहरुको जग्गामा बालुवा भरिएपछि यस वर्ष पनि जग्गा बाँझै छाड्न बाध्य भएको किसानहरुले बताएका छन् । उर्वरक जग्गामा महाकाली नदी र जगबुडा नदीको बाढीले मरुभुमी बनाईदिएपछि किसानहरुलाई कसरी परिवारको गुजारा चलाउने भन्ने चिन्ताले पिरोलेको छ् । दोधारा चाँदनी नगरपालिकाका–१० का कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, अठार नम्वर पिल्लर बस्ती खोलाको धार परिवर्तन भएपछि सबै खेतीयोग्य जमिन असुरक्षित भएको छ् । ‘किसानहरूको घर खेत जोगाउन कतै कहीबाट प्रयत्न भएन्’ स्थानियहरु भन्छन् –‘जनता संग कुनै उपाय छैन, नगरपालिका देखि प्रदेश सांसद तथा संघिय सांसद तथा मन्त्रीहरुलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको काम हुन नसक्दा वर्षै पिच्छे यहाँको खेत बगर बन्दैछ् ।’

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>