Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष २३ गते शुक्रबार

सुदूरश्चिममा थालियाे राेकथामकाे तयारी

सुदूरपश्चिम  प्रदेशमा काेराेना संक्रमित हुनेकाे संख्या बढ्दै गएकाे छ । संक्रमित बढ्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकार संक्रमण राेकथाम तथा व्यस्थापनकाे पाटाेमा थप तयारीमा जुटेकाे छ ।

छिमेकी भारतमा नयाँ नयाँ भेरियन्टकाे काेराेना भाईरस देखिएदै गएपछि केही शहरमा लकडाउन तथा कर्फुजस्तै लाग्न थालेपछि नेपाली कामदार घर फर्किन थालेकाे र सीमामा आउनेहरुमा काेराेना टेष्ट गर्दा संक्रमण देखिएन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले राेकथाम तथा नियन्त्रणमा तयारी थालेकाे छ । यही क्रममा मुख्यमन्त्री अध्यक्ष रहेकाे प्रदेश काेभिड-१९ संक्रमण राेकथाम तथा ब्यवस्थापन समितिकाे बैठक बसी सम्भावित तेस्राे लहरकाे राेकथाम तयारी के कस्ताे गर्ने विषायमा छलफल गरेकाे छ ।

बैठकमा सुदूरपश्चिम भित्रिने सबैजसाे नाकामा स्वास्थ्य हेल्प डेस्कलाई थप ब्यवस्थित पार्ने कैलाली कञ्चनपुरका सीमामा बनाइन लागेका हाेल्डिङ सेन्टरलाई चाँडाे तयारी अवस्थामा राख्न सराेकारवालासँग छलफल गर्ने यस्तै संक्रमणकाे अवस्था हेरेर प्रदेश सरकारले स्थानीय तह प्रशासन सुरक्षा निकाय तथा सामाजिक संघसंस्थासँग समन्वय गरेर थप कदम चाल्ने लगायतका सुझाव आएकाे बैठकमा सहभागी सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. जगदीश जाेशीले जानकारी दिए ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव, कैलाली-कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरी लगायतका सुरक्षा निकायका प्रदेश प्रमुख, स्वास्थ्य विज्ञ तथा डाक्टरहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>