Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८१ असार ०७ गते शुक्रबार

सुदूरपश्चिम प्रदेश यू-१९ पुरुष तथा महिला भलिबल टिमको बिदाई

सुदूरपश्चिम प्रदेश यू-१९ पुरुष तथा महिला भलिबल टिमको एक कार्यक्रमको आयोजना गर्दै शुभकामना साथ बिदाई गरेको छ।

शुक्रबार कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरमा रहेको भलिबल प्रशिक्षण केन्द्रमा सुदूरपश्चिम प्रदेश यू-१९ पुरुष तथा महिला भलिबल टिमको बिदाई गरेको हो ।

त्रिपुरेस्वर स्थित इन्डोर कभर्डहलमा सञ्चालन हुने साहना प्रधान यू-१९ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगीतामा सहभागिता जनाउनका लागि नेपाल भलिबल संघ बाट प्रेषित पत्रानुसार सुदुर पश्चिम प्रदेशको टिम छनौट गरि शुक्रबार काठमाडौ प्रस्थान गरेको छ।

सहाना प्रधान यू-१९ 'अन्डर नाइन्टिन' महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो संस्करण यहीँ साता असार ९ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ । यो च्याम्पियनसिपबाट 'अन्डर नाइन्टिन' राष्ट्रिय टिम छनोट गरिनेछ । 

 वर्षभरि भलिबलका खेलाडी ब्यस्त रहे पनि उमेर समूहको प्रतियोगिता भने अभाव छ । यसले ग्रासरुट भलिबलको विकासमा प्रतियोगिताले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुनेले एक लाख नगद हात पार्नेछन् । प्रतियोगिताको महिला तथा पुरुषतर्फकै सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी सम्पूर्ण टिमको यातायात, बसोबास, खाना र भत्तासहितको खर्च प्रतिष्ठानले ब्यहोर्ने छ ।

प्रतियोगिताको कुल लागत ८० लाख रहेको छ । जसमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।

महिला टिमा संगिता बिस्ट ,सरिता चन्द, स्नेहा ठगुन्ना, रेखा ठगुन्ना,बबिता बम,राखी राना,सुनिल बोहरा,पुजा ठकुराठी,रीतिका भट्ट,रेमा रोका मगर,एलिना चौधरी, बिमला महरा, प्रशिक्षक नृप बिक,जनक खड्का सह प्रशिक्षक, बिष्णु राज भाटले व्यवस्थापकको जिम्मेवारी पाएका छन्।

पुरुष टिमा शोभित खड्का, जिबन शाह , अर्जुन नेपाली, सन्देश चन्द, भरत वि क, सुनिल बोहरा, पारश बोहरा,सुरत चुनारा, सुरेश मल्ल, आशिक कुँवर, अशोक राना, केशब धामी, प्रशिक्षक लाल बहादुर बटाला, दिपेन्द्र प्रसाद भट्ट सह प्रशिक्षक, हिमाल बिस्टले व्यवस्थापकको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>