Samriddhipost
२०८१ असोज १२ गते शनिबार
साउदि अरव
२०८१ असार ०७ गते शुक्रबार

दोस्रो एनआरएनए गोल्डकप प्रतियोगिता भब्यताका साथ सम्पन्न

दोस्रो एनआरएनए गोल्डकप २०२४ फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ।

 ईस्लाम धर्मावलम्बीहरुको ईद ऊल अधाको अवसर पारेर “परं परोपकारार्थं यो जीवति स जीवति” भन्ने मूल मन्त्रका साथ गैरआवासीय नेपाली संघ साउदी अरबले बिगतमा गरिएका आप्रवासी नेपाली श्रमिकहरुका राहत तथा उद्धारका कार्यहरुलाई निरन्तरता दिन एवम् नेपाली फुटबल खेलाडीहरुको हौसला बढाउन आयोजित  “ दोस्रो एनआरएनए गोल्डकप-२०२४" फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न हो।

प्रतियोगिताको च्याम्पियन किंरात राई यायोक्खा एफसी बनेको छ। भने उपविजेता जोयमह एफसीले किंरात राई यायोक्खा एफसी र  
युनाइटेड एफसीले पेनाल्टी शूटआउटमा समरानी एफसीलाई हराउदै तृतीय स्थान हासिल गरेको छ।  

संघ द्वारा आयोजित उक्त दुई दिने प्रतियोगिता १६ जुनको साँझ सुरु भएर १८ जुनको बिहान समापन भएको थियो। साउदी अरबको पूर्वी सहर अलखोबार स्थित तुक्बा खेल मैदानमा भएको उक्त प्रतियोगितामा २२ वटा फुटबल क्लबहरुले सहभागिताको लागि प्रतिबद्धता जनाएको थियो । जसमा २१ फुटबल क्लबले टिम दर्ता गरेका थिए I  प्रतियोगितामा सहभागिताको लागि दर्ता भएको फुटबल क्लबहरु मध्ये २० वटा क्लबहरुको प्रतियोगितामा सहभागी जनाएको आयोजकले बताएको छ।

 प्रतियोगितामा सहभागी सम्पूर्ण फूटबल क्लब तथा फुटबल टीमलाई यहाँहरुको सौहार्दपूर्ण सहभागिताको लागि आयोजकले कृतज्ञता साथ हार्दिक धन्यवाद दिएको छ। भने उक्त प्रतियोगिता आयोजना सफलतापूर्वक सम्पन्न गर्नका लागि चित्र कुमार चाम्लिङ राईको सयोजकत्वमा संघका खेलकुद समिति मातहत रहने गरि खेलकुद उपसमिति गठन गरिएको थियो I 

उक्त समिति सदस्यहरुमा एनआरएनए एनसीसी सदस्य पदम महत, आरसीसी पूर्वी क्षेत्रका क्षेत्रीय अध्यक्ष विष्णु प्रसाद भण्डारी, सह-कोषध्यक्ष दीपक खांड, सदस्य घनेन्द्र ईजम लिम्बु, पूर्व एनसीसी सदस्य गणेश अर्याल, एनआरएनए साउदी सदस्य पासाङ शेर्पा, तुल्सी नेयोङ, प्रेम भण्डारी, सदस्य सचिव शुक्र मोक्तान, पर्यवेक्षक द्वय श्रीप्रसाद यावा लिम्बु र राजेन्द्र अर्याल रहनु भएको थियो I

     उल्लेखित समितिका सम्पूर्ण पदाधिकारीहरुलाई अपार सफलता सहित भव्यताका साथ प्रतियोगिता सम्पन्न गर्नुभएकोमा संघले सादर हार्दिक कृतज्ञता व्यक्त गरेको छ। प्रतियोगिता अवधिभर स्वयम् सेवकको भूमिका निर्वाह गर्दै आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखी अमूल्य योगदान दिनुहुने संघका पदाधिकारीहरु, विभिन्न फुटबल क्लबका खेलाडीहरु, राजनीतिक तथा सामाजिक संघ संस्थाका पदाधिकारीहरु, एनआरएनए कर्मी  र समाजसेवी व्यक्तित्वहरु, प्रतियोगिता समयावधिमा निष्पक्ष एवम् विवाद रहित खेलहरु खेलाउंदै सौहार्दपूर्ण वातावरणमा खेलाडीहरूलाई संयमित तथा अनुशासित भएर खेल खेल्न रेफ्री र सहायक रेफ्री प्रति संघले उच्च सम्मान व्यक्त गरेको छ। 

  नितान्त परोपकारी कार्यार्थ आयोजित उक्त प्रतियोगिताको उद्देश्य  अनुरुपको कामकारवाही सफलतापूर्वक सम्पादन गर्न प्रायोजकको रुपमा प्रयोजन गर्नु हुँदै आर्थिक साहयोग गर्नुहुने दानवीर दाता तथा समाजसेवी, सामाजिक अभियन्ता विभिन्न सामाजिक संघ संस्थाहरु, वैचारिक एवम् राजनीतिक दलका प्रवास संगठनहरु, व्यवसायिक संस्थाहरु,, बैंक तथा वित्तीय संस्थाहरु,  व्यवसायी तथा बुद्धिजीवी, परोपकारी मनका धनि दानी व्यक्तित्व महानुभावहरु, प्रवासमा कार्यरत श्रमजीवीहरु र प्रत्यक्ष/ अप्रत्यक्ष  रुपमा साथ र सहयोग गर्नु हुने सम्पुर्णलाई संघले हार्दिकताका साथ कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा साथ सहयोगको समेत अपेक्षा राखेको छ।

  प्रतियोगिताको शोभा बढाउन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्न नेपाली महावाणि दूतावास जेद्धाका लागि कार्यवाहक महावाणि दूत शत्रुध्वन पोख्रेल र नेपाली दूतावास रियादका लागि जनसम्पर्क अधिकारी नारायण पासवानको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>