Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन ०३ गते बिहिबार

रेकर्ड ब्रेक वर्षा पछि केन्द्रीय विपद ब्यावस्थापनकाे टिम सहित महेन्द्रनगरमा छलफल

कञ्चनपुरमा भएको रेकर्ड ब्रेकर वर्षात पछिको बाढीले पारेको प्रभाव र बाढी प्रभावित आम नागरिकहरुको बाढीबाट सृजित समस्याको समाधान गर्न छलफल भएको छ ।
कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयको हलमा भएको उक्त कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिको वैठक समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाको अध्यक्षतामा गृह मन्त्रालय, राष्टिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गृह मन्त्रालय विपद् तथा द्वन्द व्यवस्थापन महाशाखा प्रमुख डा. भिष्मकुमार भुषालको विषेस उपश्थितीमा जिल्ला समन्वय समिती प्रमुख उपप्रमुख, स्थानिय तहका प्रमुखहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुखहरु, पत्रकारहरुको उपश्थिती रहेको थियो ।

गृह मन्त्रालय विपद् तथा द्वन्द व्यवस्थापन महाशाखा प्रमुख डा. भिष्मकुमार भुषालले अहिलेको मनसुनजन्य विपदबाट प्रभावित जिल्लाहरु मध्ये कञ्चनपुरमा रेकर्ड ब्रेक वर्षात भएको र बढी प्रभावित भएको हुनाले जिल्लामा विपद पूर्वका तैयारी के कसरी गरियो ? आगमी दिनमा तैयारी के गर्न सकिन्छ ?
भन्ने विषयमा छलफल भएको बताउनु भयो । साथै यो बाढीबाट प्रभावितहरको अवस्था कस्तो रहेको छ, कसरी काम गर्न सकिन्छ भनेर र बाधा हाल्ने नितिनियमहरुलाई कसरी सहजता गर्न सकिन्छ यहाँ उठेको विषयवस्तुमा पनि माथिल्लो निकायमा जानकारी प्रदान गरी काम गर्न सहजता गराउन पनि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
साथै बाढी प्रभावितहरुको सवालमा सरकारले दिएको राहत, गैर सरकारी संघसंस्थाहरुले प्रलान गरिरहेको राहत को न्यायोचित तवरले वितरण हुनु पर्ने, र पिडितहरुलाई प्राथमिकताको आधारमा बढी भन्दा बढी राहत दिने भन्ने विषयमा पनि छलफल गरिएको उहाँले बताउनु भयो । पहिलो प्राथमिकता भनेको मानवको ज्यान जोगाउनु भएको भएपनि कानुन र नितिले असारमा खोलामा डोजर हाल्न नपाईने भन्ने नियमले नै वस्तीहरु जोखिममा रहेको दुखेसो गर्नु भयो ।
समिति प्रमुख दुर्गादत्त बोहराले खोलानालाको छेउमा नदीलाई च्यापेर बनेका घरहरु संरचनाहरुले गर्दा नै अहिले अधिकाँश क्षेहरु डुवानमा परेको बताउनु भयो ।
साथै उहाँले यो अवस्थामा चुरेको अत्यधिक दोहन हुनु चुरेको संरक्षणमा विषेश ध्यान दिएपछि मात्रै बाढी पनि नियन्त्रणमा आउने क्षतीमा कमी हुने बताउनु भयो । विपद प्रतिकार्य योजना अनुरुप नै काम गरिरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रशाद सापकोटाले बताउनु भयो । बाढी आएको बेलामा जिल्लामा २ सय जना सुरक्षाकर्मीहरु परिचालन गरेर काम गरिएको बताउनु भयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>