Samriddhipost
२०८२ भदौ २५ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २५ गते बुधबार

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सेनाको यस्तो छ अपिल

नेपाली सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । सेनाले चोक र गल्लीमा निस्किएका नागरिकलाई घरमै बस्न आग्रह गर्दै फर्काइरहेको छ । अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको सेनाले जनाएको छ ।


अहिले देशैभरका विभिन्न सडकमा नेपाली सेनाले गस्ती गरिरहेको छ । हिजो र अस्ति भएको जेनजी आन्दोलनका क्रममा जनधन तथा भौतिक संरचनामा भएको क्षतिसँगै गएराति १० बजेदेखि सेनालगायतका सुरक्षा निकाय परिचालन भएका छन् ।

शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन, भ्रामक कुराको पछि नलाग्न वास्तविक कुरामा विश्वास गर्न र निरन्तर निगरानी गर्न समुदायलाई सेनाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>