Samriddhipost
२०८२ भदौ २५ गते बुधबार
ट्रेन्डिङ
काठमाडौं
२०८२ भदौ २५ गते बुधबार

गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना भएका छन् । लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् ।

काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकाहरु (राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका) बाट लुटपामा संलग्न २१ जना पक्राउ परेका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो ।

गएरातिदेखि नै नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको जनाएको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङखल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा खबर गर्न पनि नेपाली सेनाले अनुरोध गरेको छ । नेपाली सेनाको हटलाइन नम्बर ९८६३०२९०२९ को ह्वाट्सएप र भाइबरमा म्यासेज गरेर गर्न सकिने छ ।

विनाकाम घर बाहिर ननिस्किन निर्देशन

नेपाली सेनाले मुख्य सडक नियन्त्रणमा लिएको छ । घर र गल्ली बाहिर निस्किएका सर्वसाधारणहरुलाई सेनाले विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।

आकस्मिक सेवामा संलग्नहरुलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिँडडुल गर्न छुट दिएको छ ।

काठमाडौंको नयाँबानेश्वर–माइतीघर सडक खण्डमा हतियारसहितका सेना बाक्लो संख्यामा देखिन्छन् । उनीहरुले मोर्निङ वाकमा निस्किएकाहरुलाई नयाँबानेश्वर चोकतर्फ आउन दिएका छैनन् ।

कर्फ्यु लागेको भन्दै सेनाका जवानहरुले घर फर्किन भनिरहेका छन् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>