Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ साउन २९ गते मङ्गलबार

लियाे स्माईलकाे स्वास्थ्य शिबिरमा सय बढीले लिए सेवा

कञ्चनपुरस्थित लियो क्लब अफ महेन्द्रनगर सिटि स्माईलद्वारा आयोजित स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । साेमबार महेन्द्रनगरको शिव धाममा आयोजना गरिएको स्वास्थ्य शिविरमा १ सय भन्दा बढी जनाले सेवा लिएका छन् । शिविरमा स्वास्थ परिक्षण रत्त चाप तथा ताैल जाँचसँगै आवश्यक औषधि वितरण गरिएको थियो । लियो क्लब अफ महेन्द्रनगर सिटि स्माईलका अध्यक्ष शंकर दत्त अवस्थिका अनुसार श्रावण महिनामा साेमबार महिला दिदिबहिनीहरु नियमित व्रत बस्ने भएकाले स्वास्थ्य अवस्थाबारे आधारभुत सेवा दिन र त्यसबारे स्वास्थ्य परामर्श दिन शिविर आयोजना गरिएको हाे । स्वास्थ्य शिविर लायन्स क्लब अफ महेन्द्रनगर सिटीसँगकाे सहकार्य तथा भिनपा- १८ वडा कार्यालयकाे सहयाेगमा आयाेजना गरिएकाे थियाे । उनका अनुसार स्वास्थ्य शिविर लियाे र लायन्स क्लबले पछिल्ला तीन वर्षदेखि नियमित रुपमा गर्दै आएका छन् । साेहि कार्यक्रमलाई हामीले क्लबले यस वर्ष पनि निरन्तरता दिएको हाे ।
शिविरमा महिला तथा जेष्ठ नागरिकले सेवा लिए । साथै शिविर संचालन गरेकोमा खुशी व्यक्त गर्दै उनिहरुले आयोजकलाई धन्यवाद समेत दिए । स्वास्थ्य चेकजाँच गर्दा बढी जस्तो गेष्ट्रिक, प्रेसर लगायत सामान्य रुघाखोकी र ज्वरो समेत देखिएकाे थियाे । सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालित स्वास्थ्य शिविरमा उल्लेखनीय सहभागिता रहेको क्लबका अध्यक्ष अवस्थीले बताए । लियो क्लब अफ महेन्द्रनगर सिटिका अध्यक्ष शंकर दत्त अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा लियो जिल्ला परिषद् ३३५ एन का लियाे चियर प्रर्सन तथा सिनियर लायन्स जगदीशचन्द्र भट्ट, लियो जिल्ला परिषदका अध्यक्ष मदन गिरी, लायन्स क्लब अफ महेन्द्रनगर सिटीका अध्यक्ष ला. दिनेश भट्टलगायत महेन्द्रनगरका लायन्स तथा लियोहरुकाे सहभागीता रहेको थियाे।
कार्यक्रम लायन जगदीशचन्द्र भट्टले शिविर निकै प्रभावकारी रहेकाे बताउदैँ आगामी दिनहरूमा पनि निरन्तरता दिनुपर्ने बताए । साथै उनले युवा लक्षित कार्यक्रमलाई परिषदले अगाडि बढाउन सुझाए । कार्यक्रममा लियो क्लब ३२५ एन नेपालका अध्यक्ष मदन गिरीले लियो क्बलमार्फत युवाहरुले गरिरहेकाे सामाजिक सेवा उत्कृष्ट रहेकाे बताए । उनले लियोले समाजमा सक्दाे सेवा गर्ने र अरुलाई पनि समाज सेवाका लागि उत्प्रेरित गर्नुपर्नेे बताए । 'हामिले निरन्तर रुपमा विभिन्न सामाजिक कार्यहरु गरिरहेका हुन्छौं , त्यसमा एउटा स्थानीयले रुचाएकाे कार्यक्रम स्वास्थ्य शिविर पनि हाे, यसलाई निरन्तरता दिनुपर्छ' अध्यक्ष गिरीले भने । साथै सबै लियो क्लबहरुलाई समाज सेवासँगै युवा सशक्तीकरणका कार्यक्रम गर्न उनले जाेड दिए । कार्यक्रममा लियो क्बल अफ महाकाली क्लासिककि अध्यक्ष लियो दिव्या रावल , लियो क्लब अफ लिटिल बुद्धका अध्यक्ष लियो सागर मिजार लगायतकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>