Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ पुष २९ गते बिहिबार

कंचनपुरमा सेनाकाे जिम्मा रहेकाे हाेल्डिङ सेन्टर निर्माणमा ढिलाइ

छिमेकी मुलुक भारतमा दैनिक कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्र्रोन बढिरहेका बेला भारतबाट गड्डाचौकी नाका भएर नेपाल फर्किने मानिसमा ह्वात्तै कोरोना संक्रमण देखिन थालेको छ । अहिले भारतबाट दैनिक जसो सयौँको संख्यामा मानिस गड्डाचौकी नाका भएर नेपाल प्रवेस गरिरहेका छन । गड्डाचौकी नाका भएर स्वदेश फर्किने नेपालीमा समेत कोरोना देखिन थालेको छ । पुष मसान्त सम्ममा सयौँमा कोरोना देखिएको छ । भारतमा कोरोना महामारी बढिरहेका बेला नेपालमा समेत त्यसको असर गर्ने देखिन्छ । भारतबाट स्वदेश फर्किएका पोजेटिभलाई महाकाली अस्पतालको आईसोलशेनमा राखिएको छ ।

नाकामा एन्जिटिनबाटै पोजेभिट देखिएकाको महाकाली अस्पतालमा पिसिआर गर्ने पिसिआरबाट पोजेभिट देखिए ओमिक्र्रोनका लागि नमुना संकलन गरेर काठमाण्डौँ पठाईन लागिएको छ । भारतबाट नेपाल फर्किको संख्यामा समेत बृद्धि भईरहेको छ । कोरोना महामारी रोकथामका लागि गत आर्थिक बर्षमा सरकारले नेपाली सेना मार्फत कञ्चनपुर सहित देशभरीका ८ सीमावर्ती जिल्लामा मेडिकल बेड सहितको एक हजार मानिस हट्ने क्षमताको होल्डीङ्ग सेन्टर निर्माण गर्न लागेको छ । तर, कञ्चनपुरमा सेनाले जिम्मा पाएको होल्डिङ्ग सेन्टर निर्माणमा ढिलाई भईरहेको छ । सम्झौताको पहिलो म्याद सकिएर दोस्रो पटक थपिदा समेत निर्माण कार्य पुरा नहुने देखिएको छ । भारतसंग सीमा जोडिएको कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा सरकारले सेना मार्फत होल्डिङ्ग सेन्टर निर्माण गरिरहेको छ ।

सेनाबाट हनुमान कन्स्ट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको थियो । सेना र निर्माण कम्पनीविच छोटो समय राखेर दुई महिनाभित्रै होल्डिङ्ग सेन्टर निर्माणको सम्झौता गरिएको थियो । ३ असार ०७८ मा सम्झौता गरी २ भदौँ ०७८ मा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । कुल २९ करोड, २४लाख, ९९ हजार ८ सय १५ रुपैयामा मुल्य अभिबृद्धिकर सहित सम्झौता भएको थियो । हालसम्म १५ करोड ४३लाख भुक्तानी भईसकेको छ । भएपनि सम्झौता अनुरुप काम पुरा हुन नसकेपछि पुन पहिलो पटक पुष मसान्त सम्ममा म्याद थप गरिएको थियो । निर्माण कम्पनीले १५ असारदेखि काम शुरु गरेपनि पुषसम्म पुरा गर्न सकेको छैन । निरन्तर काम गरेपनि विभिन्न कारण अवरोधले ढिलाई भईरहेको हनुमान कन्स्ट्रक्सन प्रालिका म्यानेजर लक्ष्मण सापकोटाले बताए ।                                                   

उनका अनुसार म्याद थपको समयमा समेत पुरा नहुने देखिएको छ । ‘ठेक्कामा उल्लेख गरिए भन्दा अतिरिक्त काम भएकाले थपिएको म्याद भित्र समेत काम पुरा नहुने देखिन्छ, ‘उनले भने, ‘हामीले भेरिएसनका लागि सेनालाई पत्र पठाएका छौँ ।’ उनका अनुसार निर्माण कार्य शुरुदेखि स्थानीय सुकुमबासीले जमिन ओगटेर विवाद गरेको, बर्षात, चाँडबाड लगायतका काणबाट ढिलाई भएको बताए । ‘सुकुमबासीको अवरोध शुरुवातदेखि नै थियो, ‘उनले भने, ‘अहिलेपनि छ, एक शौचालय निर्माणमा जमिन छाड्न मानेका छैनन् ।’ निर्माण कम्पनीका म्यानेजर सापकोटाले २४ असोज ०७८ मा १५ करोड ४३लाख मात्रै भुक्तानी पाएको बताए । ‘माथिबाटै बजेट आएको छैन, ‘उनले भने, ‘त्यही भएर दोस्रो रनिङ्गबिल पेश गरेको छैन ।’

काम अनुरुप दोस्रो बिलको भुक्तानीको समय भएपनि केन्द्रबाट बजेट आएकाले बिल पेश नगरेको उनले बताए । उनले निर्माण कार्य तिव्र रुपमा भईरहेको र अन्तिम चरणमा पुगेको बताए । उक्त कार्यको सुपर भिजन गरिरहेको श्री २५ नम्बर बाहिनी नेपाली सेना स्रोतका अनुसार हालसम्म ८२ प्रतिशत काम सम्पन्न भएको छ । शुरुवाती चरणदेखि सुकुमबासीको अवरोध, बर्षात तिहार आदि विवित कारणबाट निर्माणमा ढिलाई भएको सेनाले अथ्र्याएको छ ।अब रंग रोगन, घेरबार, केही शौचालयको काम निर्माण गर्न मात्रै र फिनिसिङ्ग गर्न बाँकी छ । निर्माण कम्पनी हमुमान कन्स्ट्रक्सन प्रालिका म्यानेजर लक्ष्मण सापकोटाले ९२ प्रतिशत काम सकिएको बताए । उनका अनुसार हालै पनि ३ सय जना बस्नेगरी बेड तयार भएका छन ।

आधुनिक प्रविधिबाट २२ ट्रष्ट सहित शौचालय, भन्सा घर निर्माण भएका छन । करिब ४ विगाह क्षेत्रफलमा निर्माण भएका हरेक ट्रष्टमा ५० जना क्षमताका दरले २० ट्रष्टमा एक हजार र २ ट्रष्टमा चिकित्सक, स्वास्थ्यकर्मी एव स्वास्थ्य उपकरण राखिने छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले भारतमा महामारी फैलिरहेका बेला नेपालमा समेत फैलिन नदिन होल्डिङ्ग सेन्टरको निर्माण कार्य शिघ्र रुपमा सम्पन्न गर्नका लागि सम्बन्धीत निकायसंग पहल गरिने बताए । भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले सम्झौता अनुरुप निर्माण कार्य ढिलाई भएपनि कामको प्रकृति अनुरुप समयमै भएको बताए । ‘हामीले पनि बेलाबेलामा अनुगमन गरेर सम्बन्धीत पक्षसंग समयमै निर्माण गर्न आग्रह गर्दै आएका छौँ, ‘उनले भने, ‘महामारीका बढिरहेका बेला सबै पक्षले गम्भिर हुनुपर्छ ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>