Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८१ असोज ०९ गते बुधबार

भिमदत्त नगरबाट ब्यावसाय गर्न सटर लिई दाेब्बर भाडा असुल गरि बिचाैलियाकाे काम गर्दै, नगर मुख दर्शक ।

भीमदत्तनगर कञ्चनपुरको भीमदत्त नगरपालिका मातहत रहेका व्यवसायिक भवन (सटर) को भाडामा लफडा मच्चिएको छ। दुई दशक अधि पालिकासंग सम्झौता गरेर भवन निर्माण गरेका निर्माण व्यवसायी र अहिले व्यवसाय गर्दै आएका व्यवसायीहरु बिच भाडाको विषयमा लफडा मच्चिएको हो। विगतदेखि नै पालिकाले तोकेको भन्दा दोब्बर, तेब्बर भन्दा बढि भाडा अशुल्ने, लाखौंमा सटर वेचविखन गर्ने प्रवृति अहिलेपनि निरन्तर चलिरहेको भन्दै बास्तविक व्यवसायीहरुलाई मात्रै सटर दिनुपर्ने माग उठिरहेको छ ।
 ०५६ सालमा भीमदत्त नगरपालिकाले लक्ष्मीदत्त बोहरालाई २५ सटर निर्माणका लागि ठेक्का दिएको थियो। उतिबेला टिनसेट बनाउने सम्झौता भएपनि टिनसेट विर्घकालिन नहुने भन्दै ०५८ सालमा पक्की घर निर्माणका लागि सम्झौता गरिएको थियो । २० वर्षका लागि बोहरालाई सटर भाडामा पालिका लगाएको थियो। अहिले अवधी सकिएपनि बोहराले आफनो फेरी १० बर्षको अवधि भन्दै दोब्बर भाडा अशुल्न खोजेको भन्दै केही व्यापारिले नगरपालिका गुहारिरहेका छन। 
भवन निर्माण व्यवसायी बोहराले ०६१ सालदेखि सटर भाडामा लगाएका थिए। पहिलो २० वर्ष सम्झौता सकिएपनि आफुहरुसंग दोब्बर भाडादेखि अतिरिक्त रकम मागिरहेको भन्दै व्यवसायी पालिका धाउन थालेका छन ।
शुरुवाती चरणदेखि नै दोब्बर, तेब्बर भाडा अशुल्ने प्रवृति अझैपनि नरोकिए‌को भन्दै वास्तविक व्यवसाय गर्ने व्यवसायीहरु असन्तुष्ट भएका छन । व्यवसायी महेश भट्टले आफुले उतिवेला घर निर्माणकै क्रममा ठेकेदार लक्ष्मीदत्त बोहरालाई धरौटी बाफत १लाख ४० हजार दिएको र आफु जस्तै अन्य व्यवसायीले पनि रकम दिएको बताए । उतिबेला हामीसगै धरौटी रकमदेखि मासिक २ हजार भाडा लियो, 'उनले भने, 'तर, पालिकालाई उनले मासिक ५सय रुपैयामा मात्रै बुझाउये। २५ सटरमध्ये १५ सटर बोहराले बेचिदिएको र अहिले १० मात्रै सटरको भाडा लिईरहेको उनले बताए। 'उनको भाडाको अवधि सकियो, तर पनि अहिले १० वर्षको अझै छ भन्दै हामीलाई दवाव दिईरहेका छन, 'उनले भने, 'उतिवेला कर्मचारी, जनप्रतिनिधीसंग सेटिङ्ग गरेर १०वर्ष गरेको रहेछ, पहिलो अवधिको सम्झौता नसकिदै फेरी कस्तो सम्झौता हो हामी अचम्मित भएका छौं।' अर्का व्यवसायी श्याम ठकुराठीले आफु ०६४ सालदेखि बसेको र उतिवेला १लाख ५० हजार धरौटी तिरेर व्यवसाय गरिहेको बताए। 'उतिबेलादेखि नै लक्ष्मीदत्त बोहराले हामीसंग दोब्बर, तेब्बर भाडा अशुल्दै आएका थिए, 'उनले भने, 'चालु आर्थिक वर्षमा भीमदत्त नगरपालिकाले ८ हजार निर्धारण गरेपछि बोहराले आफूहरुसगै १५ हजार भन्दा बढि भाडा मागिरहेका छन, भाडा नदिए कोठा खाली गर्न दवाव दिईरहेका छन, हामी गरिखाने वर्गमाथि अन्याय भयो। उनले पालिकाले तोकेको भाडा तिर्न तयार रहेको उनले बताए । 'पालिकाले तोकेको भन्दा केही अतिरिक्त भाडा दिन तयार छौं, तर दोब्बर भाडा दिने अवस्था छैन, कोरोना महामारी कालपछि यता आर्थिक संकटले कारोवारपनि ठप्प छ।' उनले उतिबेला लक्ष्मीदत्त बोहराले आफुहरुसंग २० बर्ष भएपछि उक्त कोठा तपाईहरुकै नाममा हुने भन्दै आश्वासन दिएको तर, अहिले आएर आफ्‌नो थप १० वर्षको सम्झौता भएको, आफूले चालु आर्थिक वर्षको नगरपालिकालाई अग्रीम भाडापनि तिरिसकेकाले दोब्बर नदिए हटन चेतावनी दिईरहेका छन । भीमदत्त नगरका जनप्रतिनिधी जिम्मेवार काँग्रेस नेता समेत रहेका लक्ष्मीदत्त बोहराले हामीपनि काँग्रेसकै कार्यकर्तामाथि यस्तो आर्थिक अन्याय गरिरहेको उन दुखेसो छ। अर्का व्यवसायी हिम्मत ठगुराठीले पालिकाले तोकेको भाडा तिर्न समस्या नहुने भन्दै घरभाडा लिएका लक्ष्मीदत्त बोहराले दोब्बर बढि भाडा लिन खोजेपछि व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था मृजना भएको बताए ।
 हामीलाई उतिवेला बसाल्ने बेला २० वर्षको आफ्‌नो सम्झौता भएको ढुक्क भएर व्यवसाय गर्न भन्यो, पछि उक्त सटर तपाईकै नाममा हालिदिन्छु भन्यो, 'उनले भने, 'आज आएको पहिलो २० बर्ष सकिएको तर, कार्यालयमै नभएको सम्झौता पत्र घरवाट ल्याएर १० वर्ष थप भन्दै देखाईरहेका छन, हामीमाथि यति छलकपट भयो। आफुहरु पिर मर्कामा परेको भन्दै पटक पटक स्थानीय सरकारका जनप्रतिनिधीसंग भेटघाट गरेर निवेदन दिदा समेत कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ। 

भीमदत्त नगरका उक्त सटरहरुमा विचौलियाको रजाई रहेको भन्दै उनीहरुको छानबिन गर्न माग अघि सारेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता सिके भट्टले भीमदत्त नगरपालिका स्थानीय सरकारको सार्वजनिक सम्पत्तीमायि केही व्यक्ति समुहको कब्जामा रहेको बताए । 'पहिलो पटकको सम्झौताको म्याद नसकिदै शुरुमै थप्ने, त्यो पनि निर्णय विनै यतिसम्म पनि राज्यको सम्पत्ती दोहन हुँदा सम्बन्धीत निकाय किन चुपचाप बसेको होला, 'उनले भने, 'यहाँ नीतिगतदेखि प्रशासनिक रुपमा अनियमितता भएको देखिन्छ, यसमा छानविन गर्दै राज्यले आफ्‌नो सम्पत्ती स्वामित्वमा लिएर पारदर्शी रुपमा लिलाम बढाबढमा सटर भाडामा लगाउनुपर्छ ।' एकै व्यक्तिलाई २० देखि ३० बर्षका लागि भाडामा लिने, तिनै व्यक्तिका नाममा रहेको सदर अर्का व्यक्तिले व्यवसाय गर्ने व्यवसाय गर्दा लाखौं रकममा सरकारी सम्पत्ती बेचविखन गर्ने परिपाटीले राज्यको सम्पतीमाथी दोहन भएको भन्दै यस्ता कार्यको छानविन हुनुपर्ने भट्टको सुझाव छ । 
सटर निर्माणकर्ता लक्ष्मीदत्त बोहराले भाडाको विषयमा कुनै विवाद, अनियमितता नभएको दावि गरेका छन। उनले आफूले ०५८ सालमै २५सटर निर्माणका क्रममा पुरक सम्झौता गरेको बताउँदै आफ्‌नो म्याद अझै १० बर्ष रहेको बताए। 'उतिवेला टिनसेटका सटर निर्माण गर्दा दीगो नहुने प्राविधिकको सुझाव अनुरुप पालिकाले मसंग पक्की बनाउन आग्रह गरेपछि पक्की बनाउँदा लाग्ने तेब्बर खर्च बाफत थप १० बर्ष म्याद थप्ने सम्झौता गरेको थियो, 'उनले भने, 'उतिवेला स्व. सुर्य बहादुर कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्द र आफुविच थप १० वर्ष सम्झौता भएको थियो।' पुरक सम्झौता भएको सम्झौता पत्र र रेडकं पालिकामा छैन, कतै मेटिङ्ग गरेर सम्झौता अधि बढ़ाएको त होईन भन्ने प्रश्नमा उनले लागत अनुरुप अवधि बढ़ाए‌को बताए। बोहराले आफुले १५ सटर नवेचेको दावि गर्दै चिठामा परेका बाँकी १५ जनालाई फिर्ता गरिदिएको बताए। आफूले चालु आर्थिक वर्षको अग्रीम भाडा समेत नगरपालिकालाई बुझाएको र लगानी अशुल गर्नका लागि मात्रै भाडा बुद्धि गरेको उनको भनाई छ। 'मैले कसैलाई लाखौंमा सहर बेचेको पनि छैन, त्यो हल्ला मात्र हो, 'केही मान्छेले मवाट भाडामा लिएर अरुलाई लाखौंमा बेचेको सुनेकाे छु सरकारको सम्पत्ती कसैको नाममा नामसारीनि हुँदैन ।' 
भीमदत्त नगरपालिका सूचना अधिकारी एव प्रशासकीय अधिकृत हरिसिंह धामीले सक्ष्मीदत्त बोहराका नाममा रहेका सटरको म्याद भएको बताए। 'सटर निर्माणकै क्रममा बोहरा जीले पुरक सम्झौता गरेका रहेछन, 'उनले भने, 'अवधि छदैछ। भीमदत्त नगरपालिका मातहत रहेका व्यवसायिक भवन पहुंचवाला व्यक्तिले आफ्‌ना र नातेदारका नाममा हालेको भन्दै स्थानीयले उक्त सरकारी सम्पत्ती दुरुपयोगमाथि छानविन गर्नुपर्ने माग उठाईरहेका छन । स्थानीयले जुन व्यक्तिले उद्यम, व्यवसाय गर्दा उसैसग पालिकाले सम्झौता गर्नुपर्ने, उसले व्यवसाय छाडेका दिन स्वत अकों व्यक्तिसग सम्झौता गरेर  पारदर्शी रुपमा भाडा उठाउनुपर्ने सुझाव दिएका छन। युवा व्यवसायी सृष्टी जोराले कोरोना महामारीपछि मुलुकमा आर्थिक सकट परिरहेका बेला व्यवसायीमाथि परेको ससंकटको मौका छोपेर भाडामा अन्याय गर्न नहुने वताए । युवा व्यवसायी जोराले व्यवसायी संकट र पलायन भईरहेका बेला सरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको वताए । उनले सटरवाला व्यवसायीसग भीमदत्त नगरका मेयर पदम बोगटीले उक्त विषयमा सम्बन्धीत सम्झौतावाला व्यक्तिसग बुझेर व्यवसायीका पिर मर्का सम्बोधन गर्ने आवश्वासन दिएको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>