Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८१ असोज ०९ गते बुधबार

चट्याङ्गले कंचनपुरमा २ काे मृत्यु, २ घाईते

कञ्चनपुरमा चट्याङ्ग लागेर दुई जना(एक महिला एक पुरुष)को मृत्यु भएको छ । बुधबार बिहानदेखि परिरहेको बर्षासंगै चट्यानले दुई जनाको मृत्यु भएको हो । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश राज जोशीले चट्याङ्ग लागेर लालझाडी गाँउपालिकाकी महिला र दोधाराचाँदनीका पुरुषले ज्यान गुमाएको बताए । 
प्रवक्ता जोशीका अनुसार दोदा नदीमा माछा मार्ने क्रममा लालझाडी गाँउपालिका १ परासनकी २८ बर्षिया हिरामती रानाको मृत्यु भएको छ । भने, दोधाराचाँदनी नगरपालिका ६ दोधाराका ३२ बर्षिया याम बहादुर सुनारको मृत्यु भएको छ ।
नदीमै चट्याङ्ग परेपछि घाईते भएकी रानाको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । भने, दोधाराचाँदनीका सुनारको मोटरसाईकलमा बजारदेखि घर जाने क्रममा रुखमा चट्यान लागेर मुत्यु भएको थियो । सुनारसंगै ३४ बर्षिया याम बहादुर सुनार र ३६ बर्षिया जगते सुनार घाईते भएका छन । उनीहरु घर जाने क्रममा पानी पर्दा रुखमुनी ओत लागेका थिए । 
दशैँकै मुखमा चट्यान लागेर आफन्त गुमाएपछि राना र सुनार परिवारमा बज्रपात मच्चिएको छ । 
घाईते सुनारद्वयको दोधाराचाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । यसैविच चट्यानले पुनर्वास नगरपालिका अशुबर्मा बस्तीका नरेन्द्र चन्दको घरमा चट्यान लागेर विद्युतीय समाग्री सहितका घरसायी समानमा क्षति पुगेको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>