Samriddhipost
२०८१ कार्तिक ०७ गते बुधबार
महेन्द्रनगर
२०८१ असोज ३० गते बुधबार

वेदकाेट ८ का अध्यक्ष जाेशी प्रहरी दिवसमा सम्मानित

कञ्चनपुरका एक वडाध्यक्ष जनप्रतिनिधीलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीलाई सम्मान गरेको हो । बुधबार ६९औँ प्रहरी दिवस ०८१ को अवसरमा आयोजित कार्यक्रममा वडाध्यक्ष जोशीलाई सम्मान गरिएको छ ।सम्मान पत्र हस्तान्तरण गर्दै सुदुरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री हिरा सार्कि
 सम्मान पत्र हस्तान्तरण गर्दै प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हिरा सार्की ।

वडाध्यक्ष जोशीले बेदकोट नगरपालिका ८ गैलनदीमा अस्थायी प्रहरी चौकी स्थापनादेखि ग्रामिण भेगको शान्ति सुरक्षामा अहम भूमिका निर्वाह गरेको भन्दै प्रमाण पत्रका साथै सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले प्रमाण पत्र हस्तान्तरण गरेका थिए  । 
राजमार्गदेखि चुरेसम्म जोडिएको बेदकोट ८मा विगतदेखि उक्त वडामा प्रहरीको उपस्थिति नहुँदा शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै वडाध्यक्ष जोशीले प्रहरी चौकी स्थापनाका लागि पहल गरेका थिए । उक्त वडा गृहमन्त्री रमेश लेखकको गृह वडापनि हो । वडाध्यक्ष महेशराज जोशीले अस्थायी नभई स्थायी प्रंहरी चौकी हुनुपर्नेमा माग अघि सार्दै आएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>