Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ ०२ गते आइतबार

कंचनपुरमा २ लाख ४० हजार बढिले लगाए काेरना खाेप

कञ्चनपुरमा अढाई लाख मानिसले पूर्ण खोप लगाइ सकेका छन । हालसम्म २ लाख ४० हजार ८ सय ६२ जना मानिसले पूर्ण खोप लगाईसकेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । 

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले हालसम्म १८ बर्ष भन्दा माथि उमेर समुहका ३ लाख ५२ हजार ९ सय ६२ कुल जनसंख्या मध्ये २ लाख ४० हजार, ८ सय ६२ लाई खोप लगाईसकेको बताए । ६८.६२ प्रतिशत जनसंख्याले दुवै पटकको खोप लगाईसकेको खोप प्रमुख कुँवरले बताए । उनका अनुसार ३ लाख, ५ हजार ७ सष्य २७ अर्थात ८६.६२ प्रतिशतले सिङ्गगल डोज खोप लगाएका छन । १२ बर्षदेखि १८ बर्ष उमेर समुहका ६३ हजार ९ सय ७६लाई खोप लगाईएको छ । हालसम्म कोरोना महामारी रोकथामका लागि खटिएका कञ्चनपुरका २सय बढि स्वाथ्यकर्मी संक्रमित भएका छन । केहीले ज्यान गुमाका छन । स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख कुँवरले बुष्टर डोज समेत लगाईने बताए । कोरोना रोकथाम एव नियन्त्रण र बाँच्नका लागि आफैले समेत सचेत हुनुपर्नेमा जोडदिईएको छ । 

कञ्चनपुरमा खोप तिव्र रुपमा लगाउने काम भएको भन्दै नागरिक स्तरबाट समेत स्वास्थ्य कार्यालय सहित जिल्लाभरीका स्वास्थ्यकर्मीप्रति आभार प्रकट गरिएको छ । कञ्चनपुरका नागरिक अगुवा गौराज बहादुर लिम्बुले समाजिक सञ्जालमा कोभिड महामारी रोग बिरुद्धमा सरकारद्वारा संचालित खोप कार्यक्रममा अहोरात्र खटिने जिल्लाका स्वास्थ्यकर्मी, कर्मचारी सहित सरोकारवालाप्रति आभार प्रकट गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>