Samriddhipost
२०८१ मङि्सर २५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक २२ गते बिहिबार

अजयमेरुमा साेमबार बाट भलीवल प्रतियोगिता हुने

खडक ब. काेली
 डडेलधुरा जिल्लाको अजयमेरु  गाउँपालिका वार्ड नं ५ काे  आयाेजनामा पहिलोपटक ठूलो धनराशि भएको  अजयमेरु गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। 


यही कार्तिक २६  गते सोमबारदेखि सुरु हुने भलिबल प्रतियोगिता ५ नम्बर वडा कार्यालयकाे देवल माध्यमिक विद्यालयको प्राङ्गणमा हुने अजयमेरु गाउँपालिका वार्ड नं ५ का वडा अध्यक्ष राजबहादुर पालले जानकारी दिएका छन्।

स्थानीय स्तरका खेल प्रतिभाहरूलाई उजागर गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नुका साथै स्थानीय कला र संस्कृतिको जगेर्ना  गर्ने उद्देश्यले अजयमेरु  गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति गरिने, स्थानीय नृत्य, हुडकेली, सुपकै चर्चित देउडा गायक माधव बिष्ट ,सावित्री धामी, स्थानीय कलाकार रमेश मल्ल सुधीर जैरु धर्मेन्द्र मल्ल लगायतकाे प्रस्तुति रहने अध्यक्ष पालले जानकारी दिएका छन। 


कार्तिक २६ गतेदेखि शुरु भई ३ दिन सम्म चल्ने प्रतियोगितामा ८ लाख भन्दा बढी खर्च लाग्ने अनुमान गरीएकाे कार्यक्रम व्यवस्थापक नरेश भट्टले बताए । उनले भने गाउँपालिकाले खेलकुदमा ५० हजार मात्र दिने प्रावधान हुन्छ बाँकी खर्च चन्दा दाताहरू र वडा कार्यालयहरूले ब्यहोर्ने गरी जुटीरहेकाे व्यवस्थापक भट्टले बताए। उक्त भलिबल प्रतियोगितामा अजयमेरु गाउँपालिकाका सम्पूर्ण वडाहरू, संघ संस्था क्लबहरू लगायत सम्पूर्ण सरोकारवालाहरूले भाग लिन पाउने छन् ।

टिम दर्ता अशाेज २५ गते बेलुका ५ बजेसम्म रहनेछ। टिम दर्ता शुल्कन र टिम दर्ता शुल्क २ हजार १ सय प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५१ हजार१सय ११ मेडल, प्रमाणपत्र ट्रफी, द्वितीय पुरुस्कार ३१ हजार १  सय एघार मेडल प्रमाणपत्र ट्रफी र तृतीय पुरस्कार १३ हजार ३ सय ९३ रहेकाे छ। सान्त्वना पुरस्कार ६ हजार १ सय ११ प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडीलाई १ हजार ५ सय ५५, सर्वोत्कृष्ट स्पाईकर १हजार १ सय ११ ,सर्वोत्कृष्ट लिफ्ट १हजार १ सय ११ र सर्वोत्कृष्ट सेटर १ हजार १ सय ११ पुरुस्कार घोषणा गरिएको  अजयमेरु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पालले जानकारी दिएका छन। 
प्रशिक्षकमा गाउँपालिकाका खेलकुद प्रशिक्षक ओम प्रकाश पन्त र देवल माध्यमिक विद्यालयका शिक्षक खेम बहादुर पाल रहेका छन्। डागेश्वरी मन्दिरको जाँतलाई लक्षित गरी बनाईएकाे  खेलकुद प्रतियोगिता कारण बस जाँत नहुने भएकोले अध्यक्ष पालले  चिन्ता प्रकट गरेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>