Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ०३ गते सोमबार

कोरोना संक्रमण तीव्र रूपमा फैलिएको भन्दै सरकारले सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाएको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले कोभिड रोकथाम र नियन्त्रण गर्न माघ १५ गतेसम्म रोक लगाइएको बताए । 

सरकारले मठ मन्दिर, गुम्बालगायतका धार्मिक स्थलहरूमा माघ मसान्तसम्म नित्यपूजा मात्र गर्न दिने निर्णय गरेको छ ।

सरकारले जारी गरेको ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै माघ मसान्तसम्म नित्यपूजा/ध्यान मात्र गर्ने व्यवस्था मिलाउने उल्लेख छ।

यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ ।

सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङ मल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ। कुनै सामान अनावश्यक रूपमा नछुने, मास्क अनिवार्य, सामाजिक दूरी कायम गराउने गरि सञ्चालन गर्न दिने।

साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन्।

सबै प्रकारका आम सभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप २०७८ साल माघ मसान्तसम्म नगर्ने। गोष्ठी, सेमिनार, बैठक जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने। भौतिक रूपमा उपस्थित भइ गर्नुपर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी, एन्टिजेन परीक्षण गर्ने गरि, रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्ने। त्यस्ता क्रियाकलाप सञ्चालन गर्ने माघ ७  पछि खोपको पुरा मात्र लगाएका व्यक्तिको उपस्थितिमा मात्र गर्ने सरकारले निर्णय गरेको छ।

यस्तै विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा सबै किसिमका परीक्षा जनस्वास्थ्य पालना गरेर गराउने सरकारले निर्णय गरेको छ।

रंगशालामा कुल क्षमताको एक तिहाई मात्र उपस्थित हुने गरि जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरि सञ्चालन गर्ने।

उपस्थित दर्शकमध्ये आयोजकको खर्चमा एक तिहाई दर्शकलाई रेन्डम छनोटका आधारमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने। माघ ७ पछि त्यस्तो खेलकुद कार्यक्रममा खोपको दुबै मात्र पुरा गरेकालाई मात्र खोप कार्डको आधारमा प्रवेश दिने व्यवस्था मिलाउन सरकारले निर्देशन दिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>