Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ ०४ गते मङ्गलबार

एनआरएनए ले रगत संकलन गर्ने बस हस्तान्तरण गर्याे रेडक्रसलाइ

गैर आवासीय नेपाली संघ (एनआरएन)ले धनगढी उपमहानगरपालिका मार्फत रगत संकलन गर्ने बस नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गरेको छ । ६० लाख रुपैया मुल्यको उक्त बस एनआरएनका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र रेडक्रसका सभापति उत्तम जोशीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन ।

नेपाल बाहिर रहेका नेपालीहरुले संकलन गरेको रकमबाट उक्त बस खरिद गरि हस्तान्तरण गरेको एनआरएनका अध्यक्ष पन्तले बताए । उनले चितवन पछि दोश्रो बस कैलालीलाई उपलब्ध गराएको बताउदै यसले रगत संकलनमा सहयोग पुग्ने बताए । एनआरएनले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै अध्यक्ष पन्तले रगत संकलन बसको सहि सदुपयोग भए रेडक्रस संग फेरि पनि सहयोग गर्ने बताए । धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिका भित्रका विपन्न जनतालाई निशुल्क रुपमा रगत उपलब्ध गराउदै आएको बताउदै मेयर वडले एनआरएनले रगत संकलन बस हस्तान्तरण गरेर रगत संकलन कार्यमा अझै टेवा पुर्‍याउने बताए ।

बस हस्तान्तरण कार्यक्रम त्रिपक्ष सम्झौता गरिएको छ । जस अन्तर्गत बस संचालन प्रकृयाको एनआरएनलाई जानकारी गराउनु पर्ने, बसको मर्मत लगायतका कामहरु उपमहानगरपालिकाले गर्ने र बस संचालनको सम्पुर्ण जिम्मेवारी रेडक्रस कैलालीले लिने गरि सम्झौता भएको रेडक्रसका सभापति उत्तम जोशीले बताए । रगत संकलन बस हस्तान्तरण कार्यक्रममा रक्तदान दीपक उपाध्यायले ९६ औं पटक र रेडक्रसका उप-कोषाध्यक्ष गोबिन्द जोशीले रक्तदान गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>