Samriddhipost
२०८१ पुष ०३ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०२ गते मङ्गलबार

फुटबल प्रशिक्षक शाही सम्मानित

कञ्चनपुर जिल्लाको फुटबल क्षेत्रमा अतुलनीय योगदान पुगाउदै आउनु भएका प्रशिक्षक शाही सम्मानित भएका छन्।
अखिल नेपाल फुटबल संघ अन्तर्गतको नेपाल फुटबल प्रशिक्षक संघको पहिलो साधारण सभाको अवसरमा एन्फा प्रशिक्षक पुष्कर शाही लगायत लाई फुटबल क्षेत्रमा पुगाएको योगदानको उच्च कदर गर्दै सम्मानित गरेको हो। नेपाल फुटबल प्रशिक्षक संघको पहिलो साधारण सभा एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न भएको छ।

साधारण सभाको उद्घाटन एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले गर्नुभएको थियो। एन्फा महासचिव तथा विशेष अतिथि किरण राई, केन्द्रीय सदस्य सरिला श्रेष्ठ मलेकु लगायत एन्फा तथा संघसँग आवद्ध पदाधिकारी र प्रशिक्षकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईले प्रशिक्षक संघको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रशिक्षकहरूलाई सम्मानपत्र प्रदान गर्नुभएको हो।

साधारण सभाले नयाँ साधारण सदस्यता वितरण गर्ने, प्रशिक्षकहरूको अक्षयकोष स्थापना गर्ने, प्रशिक्षक संघसँग आवद्ध प्रशिक्षकहरू तथा उनीहरूका परिवारको बीमा गर्ने लगायतका विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>