Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ०५ गते बुधबार

कंचनपुरमा अाइपुग्याे काेभिड काे बुष्टर जाेड

कंचनपुरमा मंगलबार ‘बुस्टर डोज’ पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकल पर्सन जनक कुँवरले बताए । 

उनका अनुसार कञ्चनपुरमा पहिलो चरणमा २ हजार ३ सय डोज खोप पुगेको छ । ‘हिजो मात्रै खोप पुग्यो, आज पालिकाहरुलाई खोप वितरण भइरहेको छ,’ उनले भने, ‘स्थानीय तहहरुले केन्द्र तोकेर खोप लगाउँछन् ।’ 

कोरोनाको उच्च जोखिममा रहेकाहरुलाई बुस्टर डोज लगाइने कुँवरको भनाई छ । उनका अनुसार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरु लाई बुस्टर डोज लगाइनेछ । ‘पहिलो चरणमा फ्रन्ट लाइनमा काम गर्नेहरुलाई खोप लगाइन्छ,’ उनले भने, ‘दोस्रो चरणमा अन्यलाई लगाइने छ ।’

कोरोनाबिरुद्धको दुई डोज खोप लगाएकाहरुलाई मात्रै बुस्टर डोज लगाइने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । भीमदत्त नगरपालिकाले माघ ९ गतेदेखि बुस्टर डोज लगाउने जनाएको छ ।

सरकारले माघ १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई बुस्टर डोज लगाउने जनाएको छ । तर, कञ्चनपुरमा तोकिएकै समयमा जेष्ठ नागरिकले खोप पाउने सम्भावना कम छ । विशेष स्वास्थ्य स्थिति भएका मानिसमा रोग प्रतिरोधी क्षमता विकास गर्न खोपको दुई मात्रा मात्र पर्याप्त नहुने देखिएपछि तेस्रो मात्राको आवश्यकता पुष्टि भएको बताइन्छ ।  

थप खोप दिएर एन्टिबडी लेभल बढाउने प्रयास गरिएन भने रोग प्रतिरोधात्मक शक्ति कम हुने र फेरि रोग लाग्ने सम्भावना बढ्दै जान्छ । बुस्टर डोज किन लगाइन्छ भन्नेमा दुईवटा कारणहरु छन् ।

पहिलो रोग प्रतिरोधात्मक क्षमता समयअनुसार घट्दै गइरहेका कारणले ।  र, कुनै निश्चित एन्टिजेन बारम्बार एक्सपोज नभएमा रोग प्रतिरोधात्मक प्रणालीले रोग वा संक्रमणलाई रोक्न कम सक्षम हुने हुँदा ।

खोपको बुस्टर डोजले रोग प्रतिरोधात्मक प्रणालीको सुरक्षात्मक प्रतिक्रिया कायम राख्न सहयोग गर्छ । त्यसैगरी अर्को कारण हो भाइसरको भेरियन्ट । बुस्टर डोजले अनुवांशिक गुण परिवर्तन गरेको भाइरसविरुद्ध नयाँ रोगप्रतिरोधी क्षमताको विकास गर्न सहयोग गर्छ  ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>