महेन्द्रनगरमा यही पुष २६ गतेदेखि १७औँ नेशनल प्याब्सन कञ्चनपुर जिल्ला स्तरिय खेल महोत्सवहुने भएको छ । बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजनागर्दे राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) जिल्ला कार्य समिती कञ्चनपुरले खेलबारे जानकारी गराएको हो ।
नेशनल प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले ‘राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद’भन्ने नाराका साथ महेन्द्रनगर स्थित खुलामञ्चमा पुष २६ गतेदेखि २९ गते सम्म विभिन्न विद्याका प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
२०६४ सालमा स्थापन भएको संस्थागत विद्यालयहरुको छाता सँगठन नेशनल प्याब्सनले यस वर्ष पनि विभिन्न चार बिद्यामा खेलहरु आयोजनागरिएको जनाएको छ ।
खेल संयोजकबलदेव भट्टकाअनुसार, लमजम, हाइजम्प, सटफुट यसैगरी सय, दुई सयमिटरका दौड प्रतियोगिता, म्याराथनपाँचहजार मिटर दौँड, छात्र, छात्रा भलिबललगायतका खेलहरु खेलाईने छन् ।
प्रतियोगितामाप्रतियोगितामा प्रथमहुने विद्यालयलाई ट्रफि हस्तान्त्रण गरिने आयोजकले जनाएको छ ।
यसैगरि द्धितिय, तृतीयहुने विद्यालयलाई सान्तोना पुरुष्कार र ट्रफिबाट पुरुष्कृत गरिने छ । यस्तै, एथ्लेष्टिक्स, भलिबलमाप्रथम, द्धितिय र तृतीयहुने छात्र–छात्रलाई सिल्ड प्रदानगरिने छ । यस्तै, उत्कृष्ट खेलाडीमा एथलेटिक्समा दुई जना, भलिबलमाकक्षा ९ र दशका छात्र छात्रा, गरि प्रत्येक तहमा आठ जनाउत्कृष्ठ खेलाडीलाई टफिबाट सम्मानितगरिने खेल संयोजकबलदेव भट्टले जानकारी दिए ।
यस खेलकुद बाट उत्कृष्ट विद्यार्थीहरुले राष्ट्रपति रनिङसिल्डका साथैराष्ट्रिय स्तरमा नै आफुलाई उभ्याउन सफलहुने छन्भन्ने उदेश्यले खेल आयोजनागरिने उनले बताए। खेलमा झण्डै दस लाख बराबरको खर्च हुने नेसनलप्याब्सनजिल्लाकार्यसमितिकाकोषाध्यक्ष सुर्य बहादुर चन्दले जानकारी दिए । उनकाअनुसार खेलमा सहभागीहुने खेलाडीहरुको विभिन्नतहअनुसार शुल्कनिर्धारण गरिएको छ ।
आधारभुततहको विद्यालयको दर्ता शुल्क ५ हजार , आधारभूततह (ख)कालागि ८ हजार , माध्यमिकतहकालागि १० हजार र कक्षा ११–१२कालागि १२ हजार दर्ता शुल्कतोकिएको छ । जिल्लामा ऐनप्याबसनमा आवद्ध १३२ विद्यालय रहेका छन् । बुधबार सम्म ५० विद्यालयले खेलमा सहभागिताकालागीनामदर्ता गराएको खेल संयोजकभट्टले जानकारी दिए । उनकाअनुसार अझै थुप्रै विद्यालयहरु सहभागिहुनेछन् ।
पुष २६ गते विहान महेन्द्रनगर स्थित गल्लिनम्बर एकबाट प्रभात फेरी निकाल्दै खुल्लामञ्चमा ११ बजे उद्धघाटन कार्यक्रमको आयोजनागरिएको छ । महोत्सवको उद्धघाटन गृहमन्त्री रमेश लेखकले गर्ने कार्यक्रम रहेको नेशनलप्याब्सनकञ्चनपुरकाअध्यक्षचन्दले जानकारी दिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया