एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा नेपालले पहिलो खेल उजबेकिस्तान संग खेल्ने छ।
बंगलादेशको ढाकामा एसियन एम्पुटी फुटबल च्याम्पियनसिप २०२५ शुक्रबार देखि सुरु भएको हो। च्याम्पियनसिप खेल्न गएको नेपाली एम्पुटी पुरुष राष्ट्रिय टिमले पहिलो खेल उजबेकिस्तान संग सनिवार खेल्ने छ।
पहिलो खेल नेपालले माघ २६ गते सनिवार (फेब्रुअरी ८ ) मा बिहान ११:३० बजे उजबेकिस्तान संग प्रतिस्पर्धा गर्ने छ। पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आएको नेपाल टिमले लिगका चार खेलमा सुखद नतिजा ल्याउने अपेक्षा राखेको छु, टिम अन्य देशको तुलनामा हेर्ने हो भने नेपाल पनि बलियो नै रहेको नेपाल टिमका टिम कप्तान डिल्ली बहादुर बिष्टले बताए। उनले भने, दोस्रो खेल नेपालले बंगलादेश संग माघ २७ गते बिहान ११:३० बजे, तेस्रो खेल माघ २८ गते दिउँसो ३ बजे इराक संग र अन्तिम खेल २९ गते दिउँसो ३ बजे इन्डोनेसिया संग खेल्ने प्रतियोगिताको खेलतालिका रहेको छ।
एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका र एउटा हात नभएका ) खेलाडी हरु ले खेल्ने खेल हो। एम्पुटी खेलकुद समाज नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ। यो नेपाली फुटबलका लागि एक इतिहास नै हो,एम्पुटी खेलकुद समाज नेपालका निवर्तमान अध्यक्ष एवं टिम व्यवस्थापक मदनमान सिंह रोकायाले बताउनु भयो।
प्रतियोगितामा ६ वटा टिममा ५ वटा टिमले मात्र सहभागिता जनाएको छ। नेपाल पनि बलियो रहेको हुँदा नतिजा राम्रो ल्याउने रणनीति बनाई त्यही अनुसार टिमको सेट तयारी गर्ने प्रशिक्षक चक्र बहादुर तामाङले बताए। उनले भन्नू भयो, खेलाडीहरु लाई यो प्रतियोगिताको लागि छोटो समय भयो प्रशिक्षण गराउन लागेको तर पहिलो पटक सहभागिता जनाउन पाएको हुँदा सबै जना हर्षित छौँ, पहिलो खेल अट्याकिङ खेल्ने छौँ र जित निकाल्ने गरि टिम खेल्ने छ।
फेब्रुअरी ७ देखि १२ तारिखसम्म बंगलादेशको ढाँकामा रहेको बसुन्धरा रंगशालामा आयोजना हुने प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडी ७ अफिसियल सहित २० सदस्यीय टोलि माघ २२ गते मंगलबार प्रस्थान गरेको थियो।
नेपाल टिममा खेलाडी डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईं, राज पौडेल र प्रकाश सिंहल रहेका छन्। नेपाल टिमको क्याप्टेनको जिम्मेवारी डिल्ली बहादुर बिष्टले समाल्ने छन्।
प्रशिक्षकमा चत्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन्। प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बंगलादेश, इरान, इराक र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने भनेता पनि इरानको सहभागिता नहुदा ५ राष्ट्र बिच प्रतिस्पर्धा हुने छ।
च्याम्पियनसिप प्रतियोगिताको उद्धघाटन इन्डोनेसिया र उजबेकिस्तान बिच भएको प्रतिस्पर्धात्मक खेलमा उजबेकिस्तान ८-१ गोलको पराकिलो अन्तरले हराउदै पहिलो जित निकालेको छ। भने उक्त दिन दिउँसो ३ बजे भएको दोस्रो खेल बंगलादेश र इराक बिच भएको खेलमा इराकले ६-० गोलको अन्तरले बंगलादेश लाई हराउँदै इराकले पनि पहिलो जित निकालेको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया